Logo

२०८२ माघ १४ गते बुधवार

२०८२ माघ १४ गते बुधवार

शनिबार नेपालमा कोभिडबाट २१ जनाको मृत्यु, १८ सय संक्रमित थपिए, २१ सय जना संक्रमणमुक्त

शनिबार नेपालमा कोभिडबाट २१ जनाको मृत्यु, १८ सय संक्रमित थपिए, २१ सय जना संक्रमणमुक्त


  • 6.5K
    Shares

    शनिबार  नेपालमा कोभिडबाट २१ जनाको मृत्यु, १८ सय संक्रमित थपिए, २१ सय जना संक्रमणमुक्त

    काठमाडौं । गत २४ घण्टामा नेपालमा १ हजार ८७५ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार गत २४ घण्टामा २ हजार १६४ जना निको भएर घर फर्केका छन्।

    मन्त्रालयका अनुसार गत २४ घण्टामा ६ हजार ८५८ पीसीआर परीक्षण गर्दा १ हजार ३१० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यस्तै ३ हजार २०८ परीक्षण गर्दा ५६५ जनामा एन्टिजेनमा पोजेटिभ देखिएको छ।

    गएको २४ घण्टामा २१ जनाको कोरोनाका कारण ज्यान गएको छ। मन्त्रालयका अनुसार शनिबारसम्म संक्रमणका कारण मृत्यु हुनेको संख्या ९ हजार ५२७ पुगेको छ ।

    प्रकाशित मिति :श्रावण २ २०७८ शनिवार - १७:५८:०८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij