Logo

२०८२ माघ १४ गते बुधवार

२०८२ माघ १४ गते बुधवार

खाल्डामा जन्मनसाथ फालेको छोरि , ७ घन्टापछि हेर्दा जिवितै

खाल्डामा जन्मनसाथ फालेको छोरि , ७ घन्टापछि हेर्दा जिवितै


  • 5.7K
    Shares

    खाल्डामा जन्मनसाथ फालेको छोरि , ७ घन्टापछि हेर्दा  जिवितै

    संसारमा अनौठा र विश्वास नै गर्न नसकिने घटना कहिले काही हुने गर्छन् । हालै यस्तो घटना सार्वजनिक भएको छ जुन कुरा विश्वास गर्न हामीलाई कठिन हुन्छ । छोरीलाई महत्व नदिने समाजमा एउटा परिवारले गरेको कामले कति निर्दयी हुन्छ भन्ने देखाउँछ । छोरीप्रति हेर्ने दृष्टिकोण हालसम्म पनि परिर्वतन भएको छैन ।ब्राजिलको कैनारानामा एक नवजात शिशु जन्मियो । छोरीका रुपमा बालिका जन्मिएपछि परिवार खुसी भएनन् । उनीहरुले त्यो नवजात शिशुप्रति माया समेत देखाएनन् । शिशुलाई जिवितै खा’ल्डोमा गाडे । तर कसैले त्यसबारेमा प्रहरीलाई जानकारी दियो । प्रहरी पुग्दा सम्म ७ घण्टा बितिसकेको थियो ।

    प्रहरीले बच्चाको घरमा गएर बच्चाको बारेमा सोध्यो । परिवारका सदस्यले भने शिशुको नि’धन भएका कारण खाल्डोमा गाडेको बताए । तर प्रहरीले त्यसको अनुसन्धान गर्दा बच्चा जिवित फेला परेको थियो । प्रहरीले खाल्डो वाट शिशुलाई जिवितै निकालेको छ ।प्रहरीका अनुसार बच्चाको शरीरबाट अस्पतालले जन्मिदा हातमा लगाइदिने कार्ड पनि हटाएका थिएनन् । खाल्डो बाट उद्धार गरेपछि सास लिनमा गाह्रो भएको कारण बच्चीलाई तत्काल अस्पताल भर्ना गरे । हाल बच्चाको हेरविचार स्थानिय राज्यले गरिरहेको छ । शिशुले अहिले स्वास्थ्यलाभ गरिरहेको प्रहरीले जनाएको छ ।

    प्रकाशित मिति :आषाढ ३० २०७८ बुधवार - १४:०९:११ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij