Logo

२०८२ माघ १४ गते बुधवार

२०८२ माघ १४ गते बुधवार

ब्राउन सुगरसहित एक पुरुषलाई पक्राउ

ब्राउन सुगरसहित एक पुरुषलाई पक्राउ


  • 3.8K
    Shares

    ब्राउन सुगरसहित एक पुरुषलाई पक्राउ

    जिल्ला प्रहरी कार्यालय सुर्खेतले ब्राउन सुगरसहित एक पुरुषलाई पक्राउ गरेको छ । प्रहरीले वीरेन्द्रनगर नगरपालिका–११ सुर्खेत पिपिराका ४२ वर्षीय लीलाराम पुरीलाई प्रहरीले उनकै घर अगाडिबाट पक्राउ गरेको हो ।

    पुरीलाई एक ग्राम १८० मिलीग्राम लागुऔषध ब्राउन सुगरसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीले जानकारी दिनुभयो । प्रहरीलाई उनकै घर अगाडि शङ्कास्पदरूपमा बसिरहेको अवस्थामा फेला पारी शरीर जाँच गर्दा दायाँ हातको मुठ्ठीभित्र सेतो प्लाष्टिकमा निलो धागोले बेरी लुकाइछिपाई राखेको दुई पुरिया र घर कोठासमेत खानतलासी गर्दा खाटमुनि कालो प्लाष्टिको एक पोका र सेतो झिलझिलेको अर्को पोका फेला पारी नापतौल गर्दा एक ग्राम १८० मिलीग्राम लागुऔषध ब्राउन सुगर रहेको सूचना अधिकारी घर्तीले बताउनुभयो ।

    उहाँका अनुसार ब्राउन सुगरसहित नेपाली र भारतीय नोट गरी जम्मा रु ५० हजार ३४० नगद बरामद गरेको छ । त्यस्तै डिजिटल तराजु, एमआई कम्पनीको स्क्रिन टच मोबाइल, मल्टि कलर्ड मोबाइल लेखेको ट्याब एक/एक थान बरामद गरी पुरीको अनुसन्धान थालिएको प्रहरीले जनाएको छ । रासस

    प्रकाशित मिति :आषाढ ३० २०७८ बुधवार - १२:१०:०७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij