२०८२ माघ १४ गते बुधवार
राष्ट्रपति विद्यादेवी भण्डारीले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गरेकी छन् ।
सर्वोच्चको फैसलाबमोजिम देउवालाई प्रधानमन्त्री नियुक्त गरिएको राष्ट्रपतिको कार्यालयले विज्ञप्तिमार्फत उल्लेख गरेको छ ।
'संवैधानिक इजलासको मिति २०७८/३/२८ को फैसलाबमोजिम प्रतिनिधि सभाका सदस्य एवं नेपाली कांग्रेस संसदीय दलका नेता माननीय श्री शेरबहादुर देउवाज्यूलाई प्रधानमन्त्री पदमा नियुक्त गर्नुभएको छ,' राष्ट्रपति कार्यालयको विज्ञप्तिमा भनिएको छ ।
सर्वोच्चले संविधानको धारा ७६ (५) बमोजिम प्रधानमन्त्री नियुक्त गर्नू भने पनि विज्ञप्तिमा संविधानको धारा/उपधारा कोट गरिएको छैन ।
हेर्नुहोस्, विज्ञिप्ति :

© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij