२०८२ माघ १४ गते बुधवार
काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्च अदालतले गरेको फैसलाको पालनामा आफुहरु स्पष्ट रहेको बताएका छन्। आफ्नो पार्टी सर्वोच्चको फैसला र संविधानको पालनामा स्पष्ट रहेको बताएका हुन्।
प्रतिनिधि सभा विघटनको मुद्दामा दुईपटक आफूविरुद्ध फैसला आएको र पछिल्लोपटक पदमुक्त गरेपछि उनले देशको नाममा सम्बोधन गर्दै सर्वोच्च अदालतले गरेका फैसलालाई लिएर असन्तुष्टि जनाएका हुन्।
प्रधानमन्त्रीका रूपमा अन्तिम सम्बोधन गर्दै ओलीले सर्वोच्चको फैसलाले दलीय व्यवस्था बलियो भयो कि कमजोर भन्ने प्रश्न उठाएका छन्। ‘संविधानको सर्वोच्चता र विधिको शासनमा विश्वास गर्ने भएकाले सर्वोच्चका फैसला पालना गर्छौं,’ उनले भने।
साथै उनले आज आफुले पदबाट राजिनामा दिनुपरेकोले सर्वोच्चको फैसलामाथि प्रश्न नउठाएको बताउँदै यो फैसलाको समयले अग्निपरीक्षा लिने समेत बताए।
‘मुलुकको राजनीतिमा लामो समयसम्म रहिरहनेछ। लोकतन्त्रको सृदृढीकरणमा प्रतिनिधि सभा विघटनको फैसला सहयोगी रह्यो कि असहयोगी रह्यो?’ उनले भने ‘दलीय व्यवस्था बलियो भयो कि निर्धो? यसको निर्णय भविष्यमा हुनेछ।’
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij