Logo

२०८२ माघ १४ गते बुधवार

२०८२ माघ १४ गते बुधवार

प्रधानमन्त्रीमा देउवाको नियुक्त भए संगै महान्यायाधिवक्ता बडालले दिए राजीनामा

प्रधानमन्त्रीमा देउवाको नियुक्त भए संगै महान्यायाधिवक्ता बडालले दिए राजीनामा


  • 4.4K
    Shares

    प्रधानमन्त्रीमा देउवाको नियुक्त भए संगै महान्यायाधिवक्ता बडालले दिए राजीनामा

    काठमाडौँ — महान्यायाधिवक्ता रमेश बडालले पदबाट राजीनामा दिएका छन् । सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापना गरेको र प्रधानमन्त्रीमा कांग्रेस सभापति शेरबहादुर देउवालाई नियुक्त गर्न राष्ट्रपति कार्यालयका नाममा परमादेश जारी गरेसँगै प्रधानमन्त्री केपी शर्मा ओली पदमुक्त हुने भएकाले महान्यायाधिवक्ताले राजीनामा दिएका हुन् । 

    महान्यायाधिवक्ता बडालले मंगलबार प्रधानमन्त्री ओलीमार्फत राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष लिखित राजीनामा दिएका हुन् ।

    पदबाट राजीनामा दिएसँगै महान्यायाधिवक्ताको कार्यालयले बडालको बिदाई कार्यक्रम राखेको छ । महान्यायाधिवक्ता कार्यालयका सूचना अधिकारी गोकुलबहादुर निरौलाले महान्यायाधिवक्ताले प्रधानमन्त्रीमार्फत राष्ट्रपतिसमक्ष राजीनामा दिएको र १ बजे बिदाई कार्यक्रम राखिएको जानकारी दिए ।

    बडाललाई २०७७ चैत ६ गते प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति भण्डारीले महान्यायाधिवक्ता नियुक्त गरेकी थिइन् । उनले चैत ८ गते पदबहाली गरेका थिए ।

    अग्नि खरेलले महान्यायाधिवक्ताबाट राजीनामा दिएपछि बडाललाई नियुक्त गरिएको थियो ।

    दोस्रोपटक भएको प्रतिनिधिसभा विघटनको प्रधानमन्त्री र राष्ट्रपति कार्यालयको तर्फबाट सर्वोच्च अदालतमा महान्यायाधिवक्ता बडालले बहस गरेका थिए । तर, प्रतिनिधिसभा पुनःस्थापना र प्रधानमन्त्रीमा देउवालाई नियुक्त गर्न परमादेश जारी गरेसँगै महान्यायाधिवक्ताले राजीनामा गरेका हुन् ।

    प्रकाशित मिति :आषाढ २९ २०७८ मंगलवार - १४:२९:३८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij