Logo

२०८२ माघ १४ गते बुधवार

२०८२ माघ १४ गते बुधवार

पाल्पामा वडाध्यक्षको निधन

पाल्पामा वडाध्यक्षको निधन


  • 3.4K
    Shares

    पाल्पामा वडाध्यक्षको निधन

    पाल्पाको निस्दी गाउँपालिका– ४ मित्यालका वडाध्यक्ष न्योबहादुर सुनारीको निधन भएको छ । नेकपा (एमाले) जिल्ला सल्लाहकार परिषद् सदस्यसमेत रहनुभएका ५२ वर्षीय सुनारीको उपचारका क्रममा तानसेनस्थित लुम्बिनी मेडिकल कलेज, प्रभावमा सोमबार निधन भएको परिवारले जनाएको छ ।

    स्वास्थ्यमा समस्या देखिएपछि सोमबार मेडिकल कलेज लगिनुभएका सुनारीको कमजोरी महशुस हुने पहिल्यैदेखिको समस्या र थप जटिलता आएर उपचारकै क्रममा निधन भएको गाउँपालिकाले जनाएको छ । सुनारीको निधनमा शोक वक्तव्य जारी गर्दै गाउँपालिका बन्द गरिने भएको छ ।

    प्रकाशित मिति :आषाढ २९ २०७८ मंगलवार - १३:३४:२१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij