Logo

२०८२ माघ १४ गते बुधवार

२०८२ माघ १४ गते बुधवार

खुकुरी प्रहार गरी घाइते   

खुकुरी प्रहार गरी घाइते   


  • 5.8K
    Shares

    खुकुरी प्रहार गरी घाइते   

    दाङको तुलसीपुरमा आज बिहानै एक युवामाथि खुकुरी प्रहार भएको छ । बिहान करिब ६ः०० बजे तुलसीपुर उपमहानगरपालिका–९ दोघरेस्थित जिम क्लब नजिकै तुलसीपुर–५ रानीजरुवा निवासी २३ वर्षीय विशाल सुनारमाथि खुकुरी प्रहार भएको हो ।    
        
    जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक मुकुन्द रिजालका अनुसार दङ्गीशरण गाउँपालिका–५ लौवस्ता निवासी २५ वर्षीय निर्मल बस्नेतले खुकुरी प्रहार गरेका हुन् । खुकुरी प्रहार गर्दा सुनारको बाँया खुट्टाको तिघ्रामा काटेको छ । उनको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ । खुकुरी प्रहार गर्ने बस्नेत भने फरार छन् । उनको खोजी गरिरहेको प्रहरी नायब उपरीक्षक रिजालले बताउनुभयो ।    
        
    उनीहरुबीच सोमबार पनि सामान्य विवाद हुँदा हातपातको स्थिति आएको थियो । पातुखोला नजिकको पुलमा हातपात हुँदा विशालको हातमा चोट लागेको थियो । हातमा चोट लागेका विशालले हिजै इलाका प्रहरी कार्यालय तुलसीपुरमा जाहेरी दिनुभएको थियो ।  रासस

    प्रकाशित मिति :आषाढ २९ २०७८ मंगलवार - १२:३६:०० बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij