Logo

२०८२ भाद्र २५ गते बुधवार

२०८२ भाद्र २५ गते बुधवार

भारतमा पेट्रोलियम पदार्थको मूल्य फेरि बढ्यो

भारतमा पेट्रोलियम पदार्थको मूल्य फेरि बढ्यो


  • 5.7K
    Shares

    भारतमा पेट्रोलियम पदार्थको मूल्य फेरि बढ्यो
    images

    काठमाडौँ– भारतमा इन्धनको मूल्य शनिबार पुनः बढेको छ । शनिबार संघीय राजधानी नयाँ दिल्लीमा पेट्रोल र डिजेलको खुद्रा बिक्री क्रमश : १०० रूपैँया ९१ पैसा र ८९ रूपैँया ८८ पैसा (भारू) प्रति लिटर कायम भएको छ । दिल्लीमा पेट्रोल यसअघिभन्दा ३५ पैसा र डिजेल २६ पैसाले वृद्धि भएको छ ।

    अन्य राज्यहरूले पनि पेट्रोल र डिजेलको मूल्य बढाएका छन् । देशभर दरहरू बढाइएको भएपनि मूल्य अभिवृद्धि करको कारण मूल्यमा फरक राज्यमा मूल्यमा पनि भिन्नता देखिएको छ । महाराष्ट्रको राजधानी मुम्बईमा पेट्रोलको मूल्य प्रति लिटर १०६ रूपैँया ९३ पैसा कायम भएको छ भने डिजेलको मूल्य प्रति लिटर ९७ रूपैँया ४६ पैसा पुगेको छ ।

     

    महाराष्ट्रका उपमुख्यमन्त्री अजित पवारले शुक्रबार भनेका थिए, “पेट्रोल र डिजेलको उच्च मूल्यमा दबिएका आम नागरिकलाई राहत दिन केन्द्रले ‘ठूलो मन’ बनाउनुपर्ने र ईन्धनको करलाई घटाउनु पर्ने देखिएको छ ।”

    मध्य प्रदेशको भोपालमा पनि पेट्रोलको मूल्य बढेको छ । त्यहाँ पेट्रोल प्रति लिटर १०९ रूपैँया २४ पैसा र डिजेलमा प्रति लिटर ९८ रूपैयाँ ६७ पैसा तोकिएको छ ।

    त्यस्तै कलकत्तामा पेट्रोल प्रति लिटर १०१ रूपैँया ०१ पैसा र डिजेलमा प्रति लिटर ९२ रूपैयाँ ९७ पैसा कायम भएको छ ।

    उत्तर प्रदेशका भाजपा राज्यसभा सांसद हरदीप सिंह पुरीले बिहीबार केन्द्रीय पेट्रोलियम र प्राकृतिक ग्यास मन्त्रीको पदभार लिएका थिए । मन्त्रीको जिम्मेवारी सम्हालेसँगै उनले कच्चा तेल र प्राकृतिक ग्यासको स्वदेशी उत्पादन बढाउने बताएका थिए ।

    उनले भने, “हाम्रो ध्यान कच्चा तेल र प्राकृतिक ग्यासको बढ्दो घरेलु उत्पादनमा केन्द्रित हुनेछ । प्रधानमन्त्री नरेन्द्र मोदीको एक आत्मानिरभर भारतको अवधारणा अनुरुप हामी मुलुकमा प्राकृतिक ग्यास आधारित अर्थतन्त्रको विकासतर्फ काम गर्ने छौं ।” रासस

    प्रकाशित मिति :आषाढ २६ २०७८ शनिवार - १६:५५:२४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij