Logo

२०८२ माघ १० गते शनिवार

२०८२ माघ १० गते शनिवार

नेकपा स्थायी कमिटी बैठक शोक प्रस्ताव पारित गरेर स्थगित हुने

नेकपा स्थायी कमिटी बैठक शोक प्रस्ताव पारित गरेर स्थगित हुने


  • 7.4K
    Shares

    नेकपा स्थायी कमिटी बैठक शोक प्रस्ताव पारित गरेर स्थगित हुने

    सत्तारुढ नेकपा स्थायी कमिटीको बैठक शोक प्रस्ताव पारित गरेर स्थगित हुने भएको छ । आज दिउसो नेकपा स्थायी कमिटी बैठक बस्न लागेको छ। नेकपा कार्यालय धुम्बाराहीमा बोलाएको बैठक प्रधानमन्त्री निवास बालुवाटार सारिएको छ ।

    बैठक भने दिउँसो १ बजे नै बस्नेछ । यसअघि २१ मंसीरमा धुम्बाराहीमा बैठक बसेको थियो। उक्त बैठकमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली सहभागी भएका थिएनन् । आजको बैठकमा उनी सहभागी हुने बताइएको छ ।

    आज बिहान नेकपा संसदीय दलका उपनेता तथा स्थायी समिति सदस्य सुवासचन्द्र  नेम्वाङ पार्टी अध्यक्ष पुष्पकमल दाहाललाई भेट्न खुमलटार पुगेका थिए ।

    यसअघि स्थायी समिति सदस्य तथा लुम्बिनीका मुख्यमन्त्री शंकर पोखरेलले पनि हिजो खुमलटार नै पुगेर उनीसँग भेट गरेका थिए।

    प्रकाशित मिति :मंसिर २८ २०७७ आइतवार - ११:०६:२७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij