२०८२ माघ ९ गते शुक्रवार
काठमाडौं । सशस्त्र प्रहरीको लुम्बिनी प्रदेश स्थित नम्बर-५ बिन्ध्यबासिनी बाहिनी यस वर्षको सर्वोत्कृष्ट बाहिनी बन्न सफल भएको छ ।
शुक्रबार सशस्त्र प्रहरीको २५ औँ स्थापना दिवस तथा रजत महोत्सवको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले बाहिनीपति दिपेन्द्र कुँवरलाई उत्कृष्ट बाहिनीपतिको अवार्ड प्रदान गरेका छन् ।
प्रशासनिक कार्यमा २०८२ मा नम्बर-५ बाहिनीले उत्कृष्ट काम गरेको सशस्त्र प्रहरीले जनाएको छ । विपद् व्यवस्थापन, चोरी पैठारी नियन्त्रण र हात हतियार नियन्त्रणमा अब्बल काम गरेको भन्दै केन्द्रीय निरीक्षणमा सो बाहिनी सर्वोत्कृष्ट बन्न सफल भएको हो ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij