Logo

२०८२ भाद्र ११ गते बुधवार

२०८२ भाद्र ११ गते बुधवार

कोरोनाको खोप छिट्टै ल्याउने विषयमा मन्त्री र सचिवहरूसँग छलफल

कोरोनाको खोप छिट्टै ल्याउने विषयमा मन्त्री र सचिवहरूसँग छलफल


  • 8.7K
    Shares

    • images
    कोरोनाको खोप छिट्टै ल्याउने विषयमा मन्त्री र सचिवहरूसँग छलफल
    images

    काठमाडौं । विश्वभर महामारीको रुपमा फैलिएको कोभिड–१९ विरुद्धको खोप ल्याउने बारे उपप्रधानमन्त्री एवं कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)का निर्देशक समितिका संयोजक ईश्वर पोखरेलले मन्त्रीहरुसँग सामूहिक छलफल गर्नुभएको छ ।

    प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका मन्त्री पोखरेलले शुक्रबार गृह, अर्थ, परराष्ट्र, सामान्य प्रशासन तथा सङ्घीय मामिला, स्वास्थ्य तथा जनसङ्ख्या र संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री, मुख्यसचिव र सचिवसँग जनतालाई समयमै निःशुल्क खोप उपलब्ध गराउनेबारे  सरकारका निर्णय र त्यसमा भइरहेको प्रगतिबारे छलफल गरेका हुन् ।

    सिसिएमसीमा आबद्ध मन्त्रीहरुसमेतको बैठकले कोभिड नियन्त्रणसम्बन्धी कामका बारेमा सर्वसाधारण जनतालाई जानकारी गराउने उद्देश्यका साथ प्रकाशन गरिने निर्णय पनि गरेको छ । सीमाविन्दुमा स्वास्थ्य सहायता कक्ष स्थापना गर्ने गरी उपचारका लागि चिकित्सक र स्वास्थ्यकर्मीलाई आवश्यकतानुसार करार सेवामा नियुक्त गर्ने बारेमा पनि बैठकमा छलफल भएको थियो । 

    साथै कोभिड नियन्त्रणमा खटिएका स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीको भत्ता सम्बन्धमा देखापरेका केही व्यावहारिक कठिनाइका सम्बन्धमा पनि  छलफल भएको जनाइएको छ ।

    प्रकाशित मिति :मंसिर २६ २०७७ शुक्रवार - १६:२२:१५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij