Logo

२०८२ भाद्र ११ गते बुधवार

२०८२ भाद्र ११ गते बुधवार

भारतबाट ल्याइएको मुर्रा राँगो भ्यागुते रोगले मर्‍यो

भारतबाट ल्याइएको मुर्रा राँगो भ्यागुते रोगले मर्‍यो


  • 407
    Shares

    • images
    भारतबाट ल्याइएको मुर्रा राँगो भ्यागुते रोगले मर्‍यो
    images

    काठमाडौं । भारत सरकारले नेपाल सरकारलाई उपहारस्वरुप दिएको मुर्रा राँगो मरेको छ। राष्ट्रिय पशु प्रजनन् कार्यालय पोखराका अनुसार उक्त राँगो गत साउन ३० गते मरेको हो। 

    साउन १७ गतेदेखि बिरामी रहेको उक्त मुर्रा ३० गते मरेको कार्यालयका सूचना अधिकृत वरिष्ठ पशु विकास अधिकृत डा महेन्द्र मल्लले नेपालखबरलाई जानकारी दिए। साउन ३० गते उक्त मुर्रा मरेको हो। पोस्टमार्टम रिपोर्टमा भ्यागुते रोगका कारण मरेको पाइयो। उनले भने। 

    नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डु पछिल्लोपटक प्रधानमन्त्री हुँदा भारत भ्रमण जाँदा भारतले नेपाललाई नेपालकै आग्रहमा १५ वटा मुर्रा राँगो उपहार दिने निर्णय गरेको थियो। उक्त राँगाहरू ०८० मंसिर ६ गते भारतबाट बाँकेको जमुनाहा नाका हुँदै नेपाल भित्रिएका थिए।

    भारतबाट प्राप्त भएका १५ वटा राँगाहरु राष्ट्रिय पशु प्रजनन् कार्यालय, पोखरामा ७, राष्ट्रिय पशु प्रजनन् कार्यालय, लहानमा पाँच र राष्ट्रिय पशु प्रजनन् कार्यालय, नेपालगन्जमा तीनवटा राखिएको थियो। यसपटक पोखरामा राखिएको एउटा राँगो मरेको हो। 

    प्रकाशित मिति :भाद्र ११ २०८२ बुधवार - १४:४१:०० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij