Logo

२०८२ भाद्र ११ गते बुधवार

२०८२ भाद्र ११ गते बुधवार

हुम्लामा ब्रेक फेल भएर घरमा पस्यो जिप, चालक घाइते

हुम्लामा ब्रेक फेल भएर घरमा पस्यो जिप, चालक घाइते


  • 372
    Shares

    • images
    हुम्लामा ब्रेक फेल भएर  घरमा पस्यो जिप, चालक घाइते
    images

    काठमाडौं । हुम्ला सदरमुकाम सिमकोटमा जिप दुर्घटना भएको छ । बुधबार दिउँसो १ बजे जिल्लाको सदरमुकाम सिमकोट स्थित काठेचुलीमा जिप दुर्घटना भएको हो ।

    लु.प्र–०१–००१ज०२८२ नम्बरको जिप ब्रेक फेल भएर सिमकोट गाउँपालिका–५ का पदम रावतको घरभित्र पसेर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

    सिमकोटबाट सिमकोट तल्लो गाउँ तर्फ जाँदै गर्दा गाडीको ब्रेक फेल भएर घरमा ठोकिन पुगेको हो । दुर्घटनामा परेको जिप रावतको घरमा पस्दा गाडी चालक खार्पुनाथ गाउँपालिका–१ का तीलक ऐडी घाइते भएका छन् ।

    घरमा ठोकिदाँ चालकको आँखा र माथिल्लो ओठमा सामान्य चोट लगोको छ । सामान्य घाइते भएका चालकको हाल जिल्ला अस्पतालमा उपचार भइ रहेको प्रहरीले जनाएको छ ।

    दुर्घटनाको समयमा जिपमा गाडी चालक ऐडी मात्रै थिए । जिप दुर्घटनामा पर्दा रावतको घरको माथिल्लो तलाको एक कोठा भने पूर्ण रूपमा क्षति पुगेको प्रहरीले जनाएको छ । घरको ढोका सहित एकतर्फको पूरै भित्ता भत्किएको प्रहरी निरीक्षक जङगबहादुर सिंहले बताए । 

    प्रकाशित मिति :भाद्र ११ २०८२ बुधवार - १५:२०:२४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij