२०८२ भाद्र ११ गते बुधवार
काठमाडौं । काठमाडौं महानगरपालिका वडा नं.- ४, धुम्बाराहीमा मुक्तिनाथ विकास बैंकको शाखा कार्यालय उद्घाटन गरिएको छ ।
वित्तीय सेवाहरुको विविधिकरण गरी नेपाली वित्तीय बजारमा अलग्गै पहिचान बनाएको, मुक्तिनाथ विकास बैंकले जमलमा रहेको शाखा कार्यालयलाई नयाँ स्थान, काठमाडौं महानगरपालिका वडा नं.-४ मा रहेको चिलिमे टावरमा स्थानान्तरण गरी औपचारिक रुपमा वित्तीय सेवाको शुभारम्भ गरेको छ ।
नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक गुरु प्रसाद पौडेलले उक्त नयाँ शाखाको उद्घाटन गरेका हुन्। उद्घाटन कार्यक्रममा आफ्नो मन्तब्य राख्दै पौडेलले बैंकले कृषि क्षेत्रमा गरेको लगानी र डिजिटल बैंकिङ्ग सेवाको विस्तारको प्रशंसा गर्दै जोखिम व्यवस्थापनमा पनि त्यत्तिकै चनाखो हुन सुझाव दिएका छन् ।
कार्यक्रमको सभापतित्व बैंकको सञ्चालक समितिको अध्यक्ष खिम प्रकाश मल्लले गरेका थिए । समापन तथा धन्यवाद मन्तब्य राख्दै मल्लले बैंकको सेवाको गुणस्तरमा अझै सुधार गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।
नयाँ र आधुनिक भवनबाट पूर्ण वित्तीय सेवा प्रदान गर्न पाउँदा सेवाग्राहीहरुले उत्कृष्ट ग्राहक सेवाको महशुस गर्नु हुने विश्वास बैंकले लिएको छ ।
एक विशेष समारोहको आयोजना गरी गरिएको उक्त कार्यक्रममा बैंकको वर्तमान तथा पूर्व सञ्चालकहरु, संस्थापक तथा सर्वसाधारण सेयरधनीहरु, विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरु, ग्राहक तथा स्थानीय नागरिकहरूको उपस्थिति रहेको थियो ।
सेवाग्राहीहरुको आवश्यकतालाई मध्यनजर गरी सञ्चालनमा ल्याइएको उक्त नयाँ कार्यालय रिङ्गरोडसंग जोडिएको र पर्याप्त पार्किङ्ग सुविधा रहेकोले सबैको पहूँचमा सहजता हुने भएको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij