Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

संकटले घेरिएपछि आफ्नो हैसियत कायम राख्न सिटौलाले बोलाए बैठक,क-कसलाई गरे निम्तो ?

संकटले घेरिएपछि आफ्नो हैसियत कायम राख्न सिटौलाले बोलाए बैठक,क-कसलाई गरे निम्तो ?


  • 7.8K
    Shares

    संकटले घेरिएपछि आफ्नो हैसियत कायम राख्न सिटौलाले बोलाए बैठक,क-कसलाई गरे निम्तो ?

    आफू निकट नेताहरु सभापति शेरबहादुर देउवा र इत्तर समूहमा विभाजित भएपछि सिटौलामा संकटमा परेका नेता कृष्णप्रसाद सिटौलाले आफ्नो समूहको बैठक राखेका छन् । कांग्रेस महाधिवेशन नजिकिँदै गर्दा महाधिवेशन केन्द्रित छलफल र भेटघाटले तिव्रता पाएका छन् । 

    सभापतिका प्रत्यासीहरुबीच भेटघाट बढिरहेका छन् भने नेताहरुले आफ्नो समूहलाई विस्तारित गर्दै थप शक्ति आर्जन गर्ने प्रयास पनि जारी राखेका छन् । 

    काठमाडौंको बत्तिसपुतलीस्थित अनुपम फूडल्यान्डमा राखेको बैठकमा केन्द्रीय समिति, जिल्ला कार्यसमितिका तथा भ्रातृ तथा शुभेच्छुक  संस्थाका प्रतिनिधिलाईसमेत सहभागी गराउन लागेका छन् ।

    महाधिवेशनमा समूहगत उपस्थितिसहित प्यानलमा उमेदवारी दिने वा कुनै समूहमा भाग लिएर सहभागी हुने भन्ने विषयमा छलफल हुने सिटौला समूहमा आवद्ध एक कांग्रेस केन्द्रीय सदस्यले बताए ।

     नेपाली काँग्रेसको १३ औं महाधिवेशनपछि पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलाको नेतृत्वमा पार्टीभित्र छुट्टै समूह विकास भएको छ अहिलेसम्म काँग्रेसभित्र तेस्रो धारका रुपमा परिचय बनाएको सिटौला समूह १४ औं महाधिवेशनसम्म समूहकै रुपमा कायम रहनेमा आशंका उत्पन्न हुन थालेको छ । 

    प्रकाशित मिति :आषाढ २२ २०७८ मंगलवार - १३:५२:०७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij