Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

ओलीलाई लतार्न माधव नेपाल यसरी हुँदैछन् सफल,देउवालाई प्रधानमन्त्री नियुक्त गर्न अदालतले परमादेश जारी गर्दै

ओलीलाई लतार्न माधव नेपाल यसरी हुँदैछन् सफल,देउवालाई प्रधानमन्त्री नियुक्त गर्न अदालतले परमादेश जारी गर्दै


  • 9.0K
    Shares

    ओलीलाई लतार्न माधव नेपाल यसरी हुँदैछन् सफल,देउवालाई प्रधानमन्त्री नियुक्त गर्न अदालतले परमादेश जारी गर्दै

    शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न सर्बोच्च अदालतले परमादेश जारी गर्दै प्रतिनिधी सभा पुनस्थापना गर्ने सुचना पाएपछि प्रधानमन्त्री केपी शर्मा ओलीमा बेचैनी बढ्न थालेको छ। 

    नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री ओली वरिष्ठ नेता झलनाथ खनाल–माधवकुमार नेपाल समूहलाई फकाउने प्रयत्नमा छन् । 

    आइतबार एमाले उपाध्यक्ष भीम रावललाई ओलीले बालुवाटार डाके । 

    लामो समयपछि ओली र रावलबीच वार्ता भयो । भेटमा रावलले आफूहरु पार्टी एकताको पक्षमा रहेको र विवाद समाधानका लागि यसअघि बनाएको कार्यदललाई सक्रिय बनाउन प्रस्ताव राखेका छन् । 


    “आफ्नो लहडमा चल्ने कारणले यस्ता समस्या उत्पन्न भएका हुन् । त्यसैले विधि पद्धति मानौँ । पार्टी एकीकरणका सन्दर्भमा कुनै किसिमको द्धिविधामा छैनौँ । विगतमा भएका कमिकमजोरीलाई सच्याउँदै विवाद समाधनका लागि बनेको कार्यदल सक्रिय बनाऔं,” उनको प्रस्ताव थियो । 

    उक्त प्रस्तावमा ओली सकारात्मक भएको स्रोतको भनाइ छ । पार्टी विवाद समाधानका लागि केही समयअघि १० सदस्यीय कार्यदल बनेको थियो । 

    पार्टी विवाद चुलिँदै जाँदा उक्त कार्यदल भंग भएको नेताहरुले बताउँदै आएका थिए । ओलीले आफ्नो समूहका नेताहरुसँग छलफल गरेर निष्कर्ष दिन भनेको स्रोतले जानकारी दिए । 

    त्यस्तै भेटमा ओलीले प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन गरेको हस्ताक्षर फिर्ता लिन आग्रह गरेका थिए । 

    रावलले अदालतमा प्रतिनिधिसभा विघटनविरुद्ध बहस भइरहेका बेला उक्त हस्ताक्षर फिर्ता लिनुको अर्थ नभएको र नलिने जवाफ दिएको स्रोतको भनाइ छ । 

    “प्रतिनिधि सभाको विघटनको उत्पादनस्वरुप हस्ताक्षर भएको हो । हस्ताक्षर फिर्ता हुने सम्भावना नै छैन । सर्वोच्चमा बहस भइरहेका बेला हस्ताक्षर फिर्ता लिने र दिने कुराले कुनै अर्थ राख्दैन । अदालतबाट आउने निर्णय प्रक्रियाको स्वीकार गरे जानुको विकल्प छैन,” उनको भनाइ उद्धृत गर्दैै स्रोतले भन्यो,“हामीले हस्ताक्षर संविधान पद्धतिका लागि देउवाको पक्षमा हस्ताक्षर गरेका हौँ ।” 

    त्यस्तै जेठ २ मा पुगेको भनेर फागुनमा पुग्नुले पार्टी एकतामा भलो नगर्ने पनि बताएका थिए । 

    जेठ २ को कमिटीमा नगइ पूर्व माओवादीलाई कमिटीमा राख्दा एकतामा भाँजो हाल्ने काम मात्रै हुने रावलको भनाइ थियो ।

    आइतबार साँझ प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष केपी शर्मा ओलीसँग भेटघाट गरेका एमाले नेता भीम रावल सोमबार बिहान वरिष्ठ नेता माधवकुमार नेपाल निवासमा पुगेका छन्।

    अध्यक्ष ओलीसँग भएको भेट र कुराकानीबारे नेपाललाई ब्रिफिङ गर्ने उनी नेपाल निवास पुगेको रावल निकट स्रोतले जानकारी दिएको छ।

    वरिष्ठ नेता माधवकुमार नेपालले अध्यक्ष ओलीसँग भेटघाट गर्न अस्वीकार गरेपछि ओलीले रावललाई आइतबार साँझ बालुवाटारमा निम्ता दिएका थिए। 

    'हिजो अध्यक्ष ओलीसँग भएको वार्ताका विषयमा छलफल गर्न क. भीम रावल नेपाल निवास पुग्नु भएको छ,' एमालेका एक नेताले। भेटमा पछिल्लो राजनीतिक भेटघाटका विषयमा छलफल हुने उनको भनाइ छ।

    आइतबार साँझको बालुवाटार भेटमा ओलीले रावलसँग नेपाललाई सहमतिमा ल्याउन आग्रह गरेका थिए। जवाफमा रावलले आफूहरु पनि एकताकै पक्षमा रहेको तर पूर्ववत् अडान कायमै रहेको बताएका थिए।

    शनिबार सम्पन्न ओली पक्षीय एमालेको केन्द्रीय कमिटी बैठकले शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन गरेको हस्ताक्षर फिर्ता लिन एमाले वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका २३ सांसदलाई सोमबार साँझसम्मको अल्टिमेटम दिएको छ। त्यसअघि नै सहमति जुटाउन ओली तल्लीन भएको बताइएको छ भने दुवै पक्षका दोस्रो तहका नेताहरूको सक्रियता बढेको छ।

    प्रकाशित मिति :आषाढ २१ २०७८ सोमवार - ११:४७:४० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij