Logo

२०८२ पौष ४ गते शुक्रवार

२०८२ पौष ४ गते शुक्रवार

फिलिपिन्समा ८५ जना सवार सैन्य विमान दुर्घटनाग्रस्त, १५ को उद्धार

फिलिपिन्समा ८५ जना सवार सैन्य विमान दुर्घटनाग्रस्त, १५ को उद्धार


  • 5.7K
    Shares

    फिलिपिन्समा ८५ जना सवार सैन्य विमान दुर्घटनाग्रस्त, १५ को उद्धार
    images

    फिलिपिन्सको दक्षिणी भागमा कम्तीमा ८५ जना चढेको एक सैन्य विमान दुर्घटनाग्रस्त भएको त्यहाँका वायुसेना प्रमुखले जानकारी दिएका छन् । 

    सी–१३० विमानको जलिरहेको अवशेषबाट अहिलेसम्म १५ जनाको उद्धार गरिएको छ । सुलु प्रान्तको जोलो टापुमा अवतरण गर्न खोज्दा विमान दुर्घटनाग्रस्त भएको जनरल सिरिलितो सोबेजानाले एएफपी समाचार संस्थालाई बताए । 

    ‘उद्धारकहरू घटनास्थलमा पुगेका छन् । थप ज्यान जोगाउन सकिन्छ कि भनी हामी ईश्वरसँग प्रार्थना गरिरहेका छौं,’ सोबेजानाले बताए । 

    विमानका अधिकांश यात्रुहरूले हालै मात्र आधारभूत सैन्य तालिम लिएका थिए र उनीहरूलाई उक्त टापुमा आतंकवादीहरूविरुद्ध लड्न खटाइएको थियो ।  दक्षिणी फिलिपिन्समा अबु सय्यफ लगायतका लडाकू समूहहरू सक्रिय रहेका सेनाको भारी उपस्थिति छ । 

    प्रकाशित मिति :आषाढ २० २०७८ आइतवार - ११:५०:०२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij