Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

पहिलो पटक संसद् विघटन गर्दा ओलीको उग्र विरोध गर्दै वहसमा उत्रिएका वकिलले अहिले किन उनको तारिफ गरे ?

पहिलो पटक संसद् विघटन गर्दा ओलीको उग्र विरोध गर्दै वहसमा उत्रिएका वकिलले अहिले किन उनको तारिफ गरे ?


  • 6.6K
    Shares

    पहिलो पटक संसद् विघटन गर्दा ओलीको उग्र विरोध गर्दै वहसमा उत्रिएका वकिलले अहिले किन उनको तारिफ गरे ?

    काठमाडौं । प्रधानमन्त्री केपी ओलीले पहिले पटक संसद् विघटन गर्दा ओलीविरुद्ध खरो उत्रिदै बहस गरेका वरिष्ठ अधिवक्ता सुरेन्द्र महतो यसपटक भने ओलीकै पक्षबाट इजलासमा उभिएका छन्। र,ओलीको चर्को बचाउ गरेका छन्। 

    प्रधानमन्त्री केपी ओलीले अघिल्लो पटक  संसद् विघटन गर्नै नमिल्ने बताएका उनले बिहीबारको बहसमा भने प्रधानमन्त्री र राष्ट्रपतिले ठिक गरेको जिकिर गरे। तर, आफूले नफेरेको उनको दाबी छ।

    ‘जसले बहस गरौँ भन्छ, हामीले उसैको तर्फबाट त गर्ने हो। तर, मेरो अहिलेको बहस पहिलेको भन्दा उल्टो आएको छैन। अहिले र पहिलेको केस नै फरक छ,’ महतोले बहसपछि  भने, ‘पहिले ७६९१० र ९२० को प्रधानमन्त्रीले विघटन गर्न पाउँछ कि पाउँदैन भन्ने हो। यस पटक विघटनको केस होइन। मिडियाले विघटन–विघटन भन्दैछन्। खासगरी विघटनको मुद्दा नै होइन यो। यो प्रधानमन्त्रीको नियुक्तिको मुद्दा हो।’

    प्रधानमन्त्री नियुक्ति भयो भने विघटन नहुने र नियुक्ति हुन नसके विघटन वैध हुने उनले भएपनि नियुक्ती हुन सकेन भने विघटन हुने उनको तर्क छ। महतोले आफ्ना गुरुले पनि पहिले यस्तै गरेको उदाहरण दिए।

    ‘कुसुम श्रेष्ठ मेरो गुरु हो। उहाँले गिरिजाप्रसाद कोइरालाले संसद् विघटन गर्ने बेलामा गिरिजाप्रसादको तर्फबाट बहस गर्नु भएको थियो, संसद् विघटन सदर हुनुपर्छ भनेर। मनमोहनले विघटन गर्दा मनमोहनको विरुद्धमा बहस गर्नुभयो, संसद् विघटन बदर हुनुपर्छ भनेर,’ महतोले भने, ‘वकिलहरु त जसले भन्छ उसको तर्फबाट लड्ने हो। तर मेरो अहिले चाहिँ झगडाको विषय नै फरक छ।’

    यस पटक रिट निवेदकले उनलाई बहसका लागि प्रस्ताव नै नगरेको तर सरकारले सुरुमै प्रस्ताव गरेको र आफूले बचन दिएको उनले बताए।

    ‘म कुनै पनि दलको कार्यकर्ता होइन। म फ्रिलान्सर वकिल हो। मलाई कुनै दलको ह्विप लाग्दैन। कुनै दलसँग आबद्ध भएको भए आफ्नो दलको विपक्षमा कसरी बहस गर्ने भन्ने हुन्थ्यो,’ महतो भन्छन्, ‘म संविधानको पक्षमा, लोकतन्त्रको पक्षमा हो। लोकतन्त्रको मामिलामा मेरो कसैसँग सम्झौता हुँदैन।’

    ३० वर्षदेखि वकालत गरिरहेका महतो नेपाल बार एसोसियसनको पूर्वउपाध्यक्ष पनि हुन्। पहिले उनले लोकतान्त्रिक प्यानलबाट चुनाव जितेका थिए। धनुषाका महतो विद्यार्थी छँदा नेविसंघको इकाई सभापति पनि थिए।

    प्रकाशित मिति :आषाढ १८ २०७८ शुक्रवार - १२:५०:०५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij