२०८२ फाल्गुण २४ गते आइतवार
काठमाण्डौ । नेकपा एमालेको खनाल–नेपाल समूहकी नेतृ तथा वाग्मती प्रदेश इन्चार्ज अष्टलक्ष्मी शाक्यले पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली फेरि उल्टो बाटो हिँडेको प्रतिक्रिया दिएकी छिन् ।
एमालेको महाधिवेशन आयोजक कमिटी भङ्ग गरेर केन्द्रीय कमिटी बैठक बोलाइएको र स्थायी कमिटी सदस्यहरू थप गरिएको निर्णयका सन्दर्भमा उनले यस्तो बताएकी हुन् ।
दसौं महाधिवेशन आयोजक कमिटी भंग गर्नु ठिकै हो। नेताहरुमाथि गरिएको कारबाही फुकुवा गर्ने निर्णय पनि सकारात्मक नै छ। तर सर्वोच्च अदालतले नै आयोजक कमिटी अवैध भनिसकेको अवस्थामा कमिटी बैठक बोलाउनै नहुने थियो। यसले त अदालतको आदेश नमानेको देखियो। आयोजक कमिटीमा हामीलाई पनि बोलाइएको थियो। तर हामी जाने कुरा भएन।
२०७५ जेठ २ को नेकपा एमालेको स्थायी कमिटीको बैठक बोलाउनुपर्थ्यो। त्यही स्थायी कमिटी बैठकबाट केन्द्रीय कमिटी डाक्नुपर्ने थियो। हामीसहितको स्थायी कमिटी बैठक बसेर केन्द्रीय कमिटीको बैठकको मिति तय गरिएको भए राम्रो हुने थियो। एमालेकै पदाधिकारीहरु सम्मिलित बैठक बसेर बादललगायतका थप्नुपर्ने नेता त्यही बेला मिलाएर निर्णय गर्नुपर्दथ्यो। उहाँले फेरि हामीलाई माइनस गरेर एकलौटी रुपमा काम गर्नुभयो। यो विधि र तरिका गलत भयो।
नेताहरुबीच अलिअलि रिसराग त हुन्छ नै। पार्टीभित्र केही असमझदारी हुन्छन्। ओलीले नेता नेपालको पदीय गरिमालाई नै आँच आउने गरेर बोले पनि कम्तीमा पार्टी मिल्ने स्थिति बनाउने हो भने त उहाँ लचक हुनुपर्थ्यो नि।
हामीले त नवौं महाधिवेशनबाट बनेका कमिटीका बैठक राख्नुपर्ने भनिरहेका छौं। कम्तीमा पनि वरिष्ठ नेता माधवकुमार नेपालसँग बसेर छलफल गर्न सकिन्थ्यो। नेताहरुबीच अलिअलि रिसराग त हुन्छ नै। पार्टीभित्र केही असमझदारी हुन्छन्। ओलीले नेता नेपालको पदीय गरिमालाई नै आँच आउने गरेर बोले पनि कम्तीमा पार्टी मिल्ने स्थिति बनाउने हो भने त उहाँ लचक हुनुपर्थ्यो नि।
एमाले बलियो बनाउन ओलीले छलफल र संवाद गर्नुभएन। जेजस्तो भए पनि नेतृत्वका हिसाबले उहाँले पहल गर्नुपर्ने थियो। सुल्टो बाटोबाट गएको भए वातावरण राम्रो हुन्थ्यो तर ओली उल्टोजी बाटो हिँड्नुभयो फेरि। हामीले विधि र पद्धतिबाट पार्टी चल्नुपर्छ भनिरहेका बेला उहाँले फेरि विधि मिच्ने काम गर्नुभयो। यसले एकता कमजोर बनाउने काम गर्छ।
ओलीलाई काम गर्न नजान्ने भनौं भने पार्टीको अध्यक्ष हुनुहुन्छ। जान्ने भनौं भने विधि मिच्ने, मनपरी गर्ने र निहुँ खोज्ने काम गर्दै आउनुभएको छ। अब हामी पनि छिट्टै बैठक बसेर सल्लाह गर्छौं। त्यही बैठकको छलफलबाट उल्टो काम गर्नेलाई सुझाव दिन्छौं।
उहाँले एकलौटी रुपले गरेको निर्णयलाई त कसरी मानेर जान सकिन्छरु हाम्रो त बटमलाइन नै जेठ २ नै हो नि। त्योभन्दा दायाँबायाँ जाने त काम हुँदै हुन्न। जे जति नेताकार्यकर्ता थप्ने हो वा अन्य निर्णय गर्ने हो पहिले एमाले बैठक बस्नुपर्छ र निर्णय गरेर अघि बढ्नुपर्छ। एकताका लागि त हाम्रो पनि त सहभागिता हुनुपर्यो। त्यो नभई कसरी स्वीकार्न सकिन्छरु ओलीले हतारहतार निर्णय गरेर हुँदैन। उहाँको संकीर्णता, अझै निहुँ खोज्ने र विधि मिच्ने प्रवृत्ति कायमै छ। हामी पनि केही न केही निष्कर्ष निकाल्छौं।
-नेकपा एमाले उपाध्यक्ष शाक्यसँग गरिएको कुराकानीमा आधारित
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij