२०८२ भाद्र २ गते सोमवार
उपप्रधानमन्त्री पद सर्बोच्च अदालतले खाईदिए पछि हराएका जनता समाजवादी पार्टीका वरिष्ठ नेता राजेन्द्र महतो आज काठमाडौँस्थित भारतीय दूतावास प्रवेश गरे संगै बाहिर देखिएका छन्।
महतो आज दिउँसो ठिक १२:२५ मा लैनचोरस्थित भारतीय दूतावास प्रवेश गरेका हुन्।
सरकारमा जानु अघि पटक–पटक भारतीय दूतावाससँग छलफल गरी सरकारमा प्रवेश गरेका महतो सर्वाेच्चको आदेशले सरकारबाट बाहिरिएपछि फेरि भारतीय दूतावास छिरेका हुन्। उपप्रधानमन्त्री बनेपछि बहुल राज्यसम्बन्धी अभिव्यक्तिका कारण महतो विवादास्पद बनेका थिए। उनलाई भारतको खास मान्छे भनेर चिनिने गरेको छ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij