Logo

२०८२ आश्विन २६ गते आइतवार

२०८२ आश्विन २६ गते आइतवार

मंसिर २९ गते सरकारविरुद्ध देशव्यापी प्रदर्शनमा उत्रिन कार्यकर्तालाई कांग्रेसको निर्देशन

मंसिर २९ गते सरकारविरुद्ध देशव्यापी प्रदर्शनमा उत्रिन कार्यकर्तालाई कांग्रेसको निर्देशन


  • 10.8K
    Shares

    मंसिर २९ गते सरकारविरुद्ध देशव्यापी प्रदर्शनमा उत्रिन कार्यकर्तालाई कांग्रेसको निर्देशन
    images

    काठमाडौं । कांग्रेसले सरकारविरुद्ध देशव्यापीरुपमा प्रदर्शनमा उत्रिन कार्यकर्तालाई निर्देशन दिएको छ ।

    आज सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बसेको पदाधिकारी बैठकले प्रदर्शनलाई देशव्यापी बनाउन जिल्ला सभापतिहरुलाई निर्देशन दिएको हो ।

    वरिष्ठ नेता रामचन्द्र पौडेलमाथि १७ मंसिरमा तनहुँमा भएको धरपडक, कोभिड–१९ को नियन्त्रण तथा उपचारमा देखाएको उदासिनता र स्वास्थ्य सामग्री खरिदमा भएको भ्रष्टचारको विरोधमा २९ गते ७७ जिल्लामै प्रदर्शन गर्ने कांग्रेसको तयारी छ । प्रतिकात्मक रुपमा सबै जिल्लामा प्रदर्शन गर्न निर्देशन दिइएको जनाएको छ ।

    मंसिर २९ गतेको कार्यक्रमलाई सुरुआतका रुपमा लिने र त्यसपछि पनि सरकारविरुद्ध खबरदारी जारी राख्ने निष्कर्ष निकालिएको कांग्रेस सहमहामन्त्री डा. प्रकाशशरण महतले बताए । 

    प्रकाशित मिति :मंसिर २५ २०७७ बिहिवार - १४:११:४४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij