Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

प्रधानमन्त्री बन्न देउवाले जालीफटाहाको साथ लिए, प्रचण्डको कामै देश बर्बाद पार्ने हो : ओली

प्रधानमन्त्री बन्न देउवाले जालीफटाहाको साथ लिए, प्रचण्डको कामै देश बर्बाद पार्ने हो : ओली


  • 6.9K
    Shares

    प्रधानमन्त्री बन्न देउवाले जालीफटाहाको साथ लिए, प्रचण्डको कामै देश बर्बाद पार्ने हो : ओली

    काठमाडौं । प्रधानमन्त्री केपी ओलीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री बन्न लोकतान्त्रिक मार्ग छाडेको बताएका छन्।

    मदन भण्डारी फाउण्डेसनको कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले देउवाले केही जाली फटाहाहरुको साथ लिएर कृत्रिम अलोकतान्त्रिक मार्गबाट प्रधानमन्त्रीहुने बाटो समाएको टिप्पणी गरे। ‘संसदबाट होइन, अरु नै बाटोबाट प्रधानमन्त्री बन्न खोज्नु भयो, जनतामा जाने बाटोलाई अवरोध गरियो,’ उनले भने।

    निर्वाचनमा जाने निर्णयलाई ‘कू’ भनिएकोमा पनि उनले आपत्ति जनाए। ‘जनतामा जाने कुरालाई कू भनियो, यदि यस्तो हो भने २०१७ साल, माघ १९ चाहि के थियो, के त्यो लोकतान्त्रिक थियोरु’ उनले भने।

    ओलीले तत्कालीन राजा ज्ञानेन्द्रले माघ १९ मा सत्ता हातमा लिँदा देउवालाई अक्षम भनेको प्रसंग पनि उल्लेख गरे। ‘जननिर्वाचित प्रधानमन्त्री सक्षम छ कि छैन भनेर निर्णय गर्ने कुरा तथाकथित गद्दीमा बस्नेको काम होइन, त्यो जनताको काम हो, त्यतिखेर उहाँले ज्ञानेन्द्रको कदमलाई कू भन्न सक्नुभएन, अहिले जनताका बीचमा जाने संवैधानिक कुरा गर्दा कू भनिएको छ,प्रतिगमन भनिएको छ,’ उनले भने।

    मदन भण्डारी फाउण्डेसनको कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले प्रचण्डको कामै देशलाई बर्बाद बनाउने भएको टिप्पणी गरे।

    ‘प्रचण्डको कामै देशलाई बर्बाद बनाउने हो, विगत पनि त्यही हो, आगत पनि त्यही हो, उनैले पार्टी एकीकरणलाई भत्काउने काम गरे, त्यस्तालाई गुरु थापेर लोकतान्त्रिक इतिहास भएकाहरु समेत प्रचण्डमार्गी भएका छन्,’ उनले भने।

    ओलीले विप्लव, सीके राउतलाई जस्तै प्रचण्डलाई समेत सही लोकतान्त्रिक मार्गमा ल्याउनु आवश्यक भएको उल्लेख गर्दै प्रचण्डले अहिले अर्को ढंगले राजनीतिलाई विथोलिरहेको बताए।

    जोत्दाखेरि हलीभन्दा गोरु अगाडि भए पनि त्यसलाई हलीले नै चलाउने भन्दै उनले पछाडि बसेर पनि लोकतान्त्रिक पार्टी मिसलिड हुन नहुने बताए।

    प्रकाशित मिति :आषाढ १४ २०७८ सोमवार - १४:५८:४० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij