Logo

२०८२ पौष ४ गते शुक्रवार

२०८२ पौष ४ गते शुक्रवार

प्रेम विवाह गरेका दम्पतीमाथि गोली प्रहार, श्रीमान‍्को मृत्यु, श्रीमती घाइते

प्रेम विवाह गरेका दम्पतीमाथि गोली प्रहार, श्रीमान‍्को मृत्यु, श्रीमती घाइते


  • 9.4K
    Shares

    प्रेम विवाह गरेका दम्पतीमाथि गोली प्रहार, श्रीमान‍्को मृत्यु, श्रीमती घाइते
    images

    नयाँ दिल्लीको द्वारकास्थित अमराही गाउँमा बिहीबार राति एक दम्पतीमाथि गोली प्रहार भएको छ । गोली प्रहारबाट घाइते भएका दम्पतीलाई नजिकैको अस्पतालमा भर्ना गरिएकोमा श्रीमान‍्को उपचारकै क्रममा मृत्यु भएको छ ।

    प्रहरीका अनुसार दुवैले गत अगस्टमा भागी विवाह गरेका थिए । केटीको परीवार उनीहरूको सम्बन्धप्रति रुष्ट थियो । प्रहरीले हत्याको कारणबारे अनुसन्धान थालेको जनाएको छ ।

    मृत्यु हुनेमा शिनाख्त गोपालपुर गाउँ सोनीपत हरियाणा निवासी २३ वर्षीय विनय दहित रहेका छन् । उनकी श्रीमती १९ वर्षीया किरण दहिया गोली लागेर गम्भीर घाइते भएकी छन् । उनीहरू दिल्लीको अमराही गाउँमा कोठा भाडामा लिएर बस्थे । उनीहरूमाथि राति ९ बजे गोली प्रहार भएको थियो ।

    प्रहरी समयमै घटनास्थल पुगेर उक्त दम्पतीलाई अस्पताल पुर्‍याएको भए पनि श्रीमान‍्को मृत्यु भइसकेको थियो । विनयलाई चार गोली लागेको थियो । किरणलाई पाँच गोली लागेको छन् । राति करिव नौ बजे ६-७ जनाको समूहले उनीहरूमाथि गोली प्रहार गरेको खुलेको प्रहरीले जनाएको छ । प्रहरीले घटनाबारे अनुसन्धान गरिरहेको जनाएको छ । एजेन्सी

    प्रकाशित मिति :आषाढ ११ २०७८ शुक्रवार - १२:३४:०४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij