Logo

२०८२ पौष ४ गते शुक्रवार

२०८२ पौष ४ गते शुक्रवार

अमेरिकामा १२ तले भवन भत्किँदा एकको मृत्यु, ९९ जना बेपत्ता

अमेरिकामा १२ तले भवन भत्किँदा एकको मृत्यु, ९९ जना बेपत्ता


  • 6.2K
    Shares

    अमेरिकामा १२ तले भवन भत्किँदा एकको मृत्यु, ९९ जना बेपत्ता
    images

    संयुक्त राज्य अमेरिकामा बिहीबार १२ तले भवन भत्किँदा त्यसभित्र रहेका ९९ जना सम्पर्कविहीन भएका छन् ।

    बीबीसीका अनुसार भवनले चेपेर एक जनाको मृत्यु पुष्टि भएको छ भने ९९ मानिस क्षतिग्रस्त भवनले पुरिएको आशंका गरिएको छ । त्यसमा ल्याटिन अमेरिकी आप्रवासी पनि धेरै जना परेका छन् ।

    मायामीका मेयरले उद्धारका लागि केन्द्रीय सरकारसँग सहयोग मागेका छन् । मायामी डेडकी मेयर डेनीयला लेभिन काभाले हालसम्म १ सय २ जनाको अवस्था पत्ता लागेको र ९९ जना अझै बेपत्ता रहेको जानकारी दिइन् ।

    फ्लोरिडाका गर्भनरले घटनास्थलमा पुगेर उद्धारको काम अझै जारी रहेको र त्यति ठूलो संरचना ढलेको देख्नु पीडादायी रहेको बताए ।

    फ्लोरिडाका गर्भनरले घटनास्थलमा पुगेर उद्धारको काम अझै जारी रहेको र त्यति ठूलो संरचना ढलेको देख्नु पीडादायी रहेको बताए ।

    राष्ट्रपति बाइडनले गभर्नर रोन डिसान्टिसबाट संकटकाल घोषणा आफूले कुरिरहेको र फिमा भनिने संघीय आपतकालीन व्यवस्थापन निकायका अधिकारीहरू घटनास्थलमा पुगेको जानकारी दिएका छन् ।

    स्थानीयले विस्फोटजस्तो आवाज आएको सुनिएको बताए पनि भवन ढल्नाको कारण थाहा हुन सकेको छैन ।

    प्रकाशित मिति :आषाढ ११ २०७८ शुक्रवार - १२:१३:५३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij