Logo

२०८२ भाद्र २५ गते बुधवार

२०८२ भाद्र २५ गते बुधवार

एकैपटक १० सन्तान जन्माएको समाचार झुटो

एकैपटक १० सन्तान जन्माएको समाचार झुटो


  • 6.0K
    Shares

    एकैपटक १० सन्तान जन्माएको समाचार झुटो
    images

    दक्षिण अफ्रिकामा एक जना महिलाले एकै पटकमा १० वटा बच्चा जन्माएको विषयले सबैको ध्यान खिच्यो । 

    एकै पटक १० वटा बच्चा जन्मिएको कुरा आश्चर्यको विषय पनि बन्यो । तर, अनुसन्धानले उक्त विषय झुटो साबित भएको खुलासा भएको छ ।

    जुन पहिलो साता दक्षिण अफ्रिकी सञ्चारमाध्यमहरूले ३६ वर्षीया गोसियामी थामारा सितहोलले प्रिटोरियाको एक अस्पताल  सात छोरा र तीन छोरीलाई जन्म दिएको समाचार प्रकाशन गरेका थिए । जुन समाचार नेपालमा पनि भाइरल बनेको थियो ।

    नेपाली सञ्चारमाध्यमले पनि यो विषयलाई समाचार बनाएको थियो ।  गाउटेङ प्रान्तको सामाजिक विकास विभागले पनि ती महिलाले १० सन्तान पाएको पुष्टी गरेको थियो ।  पछिल्लो समय अनुसन्धानबाट ती महिला केही समयअघि गर्भवती पनि नरहेको बिबिसीले जनाएको छ ।

    १० वटा बच्चा जन्मिएको घटनालाई दक्षिण अफ्रिकाका अधिकारीहरूले यो घटनामा अनुसन्धान गरेका थिए । अनुसन्धान गर्दा गाउटेङ प्रान्तका कुनै पनि अस्पतालमा एउटै महिलाले १० बच्चा जन्माएको रेकर्ड नभेटिएको अन्तराष्ट्रिय संचारमाध्यमले जनाएका छन् । एजेन्सी

    प्रकाशित मिति :आषाढ १० २०७८ बिहिवार - ११:२५:११ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij