२०८२ भाद्र २५ गते बुधवार
काठमाडौं । पाकिस्तानको लाहोरस्थित जोहार टाउनमा विष्फोट हुँदा दुई जनाको मृत्यु भएको छ।
लश्कर-ए-तैयबाका संस्थापक हाफिज सइदको घरनजिकै उक्त विष्फोटमा गराइएको हो। पञ्जाब आपतकालिन सेवा, जसलाई उद्धार ११२२ भनेर पनि चिनिन्छ, जसले उक्त स्थानमा घाइतेहरुको उद्धार गरिरहेका छन्।
हालसम्म २३ जना घाइते भएको जनाइन्छ र यो संख्या अझ बढ्न सक्ने अनुमान गरिएको छ। घाइते हुनेमा एक प्रहरी अधिकारी पनि छन। विष्फोटको समयमा प्रहरीहरु साइदको घरको सुरक्षाका लागि खटिइरहेका थिए।
विष्फोटको कारण नजिकैका अन्य घरहरुमा क्षति पुगेको बताइएको छ। अहिलेसम्म उक्त विष्फोट आत्मघाती थियो वा कुनै डिभाइस वा सिलिन्डरले विस्फोटन गराइएको थियो भन्ने खुलेको छैन।
यता, पञ्जाब आईजी इनाम घनीले भने यो बम विस्फोट भएको पुष्टि गरे। ‘कारमा राखिएको बम विस्फोट भएको हो। त्यहाँ प्रहरी परिचालन भएका कारण कार आफ्नो लक्ष्यसम्म पुगेन। यो विस्फोटमा प्रहरीलाई तारो बनाइएको थियो,’ उनले भने।
अहिले विष्फोटको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।पञ्जाब प्रान्तका मुख्यमन्त्री उस्मान बुज्दारले घटनाको आवश्यक अनुसन्धानको लागि प्रहरीलाई निर्देशन दिएका छन्।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij