Logo

२०८२ माघ १३ गते मंगलवार

२०८२ माघ १३ गते मंगलवार

राप्रपा छाडेर आएका यी ५५ जना बने कांग्रेसका महासमिति सदस्य (नामावलीसहित)

राप्रपा छाडेर आएका यी ५५ जना बने कांग्रेसका महासमिति सदस्य (नामावलीसहित)


  • 4.3K
    Shares

    राप्रपा छाडेर आएका यी ५५ जना बने कांग्रेसका महासमिति सदस्य (नामावलीसहित)

    काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) छाडेर नेपाली काँग्रेस पार्टीमा प्रवेश गरेका सुनील थापा समूहका ५५ जना महासमिति सदस्य बनेको छ ।

    उपसभापति विमलेन्द्र निधि नेतृत्वको अन्तर पार्टी समायोजन समितिले केन्द्रीय समितिको निर्णयअनुसार थापा समूहका ५५ जना महासमिति सदस्य बनाएको हो । 

    जसमा सहमहामन्त्री थापासहित १० जना काँग्रेस केन्द्रीय कमिटीमा समेत छन् । काँग्रेसमा केन्द्रीय सदस्य स्वतः महाधिवेशन प्रतिनिधि हुने व्यवस्था छ ।

    समायोजनका नाममा थापा समूहका ४५ जनाले भने १४ औं महाधिवेशनको प्रतिनिधि हुने भएकाले वडाबाट चुनाव जितेर आउनुपर्ने काँग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । 

    काँग्रेसमा महासमिति सदस्य स्वत: महाधिवेशन प्रतिनिधि हुने भए पनि निर्वाचित भएर आउनुपर्ने प्रावधान छ । थापा समूहले १ सय ५० जना महासमिति सदस्य माग गरेपनि असार ८ गते ५५ जनालाई समेटिएको छ । केही जिल्लाको समायोजन हुन बाँकी रहेका अझै केही सदस्य थपिने बुझिएको छ ।

    11.jpg22.jpg33.jpg

    प्रकाशित मिति :आषाढ ८ २०७८ मंगलवार - १३:३६:०० बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij