Logo

२०८२ पौष ४ गते शुक्रवार

२०८२ पौष ४ गते शुक्रवार

कोरोनाको खोप लगाउन अस्वीकार गर्नेलाई जेलमा कोचिदिने फिलिपिन्सका राष्ट्रपतिको चेतावनी

कोरोनाको खोप लगाउन अस्वीकार गर्नेलाई जेलमा कोचिदिने फिलिपिन्सका राष्ट्रपतिको चेतावनी


  • 8.5K
    Shares

    कोरोनाको खोप लगाउन अस्वीकार गर्नेलाई जेलमा कोचिदिने फिलिपिन्सका राष्ट्रपतिको चेतावनी
    images

    फिलिपिन्सका राष्ट्रपति रोड्रिगो डुटेर्टेले कोरोनाभाइरसविरुद्धको खोप लगाउन अस्वीकार गर्ने व्यक्तिलाई जेलमा कोचिदिने चेतावनी दिएका छन् । 

    देशमा कोरोनाका १३ लाखभन्दा बढी केस रहेको अनि २३ हजारजनाले ज्यान गुमाएको स्थिति रहँदा डुटेर्टेको चेतावनी आएको हो । 

    ‘तपाईं छनोट गर्नुस्–खोप लिने कि जेल जाने ?’ डुटेर्टेले सोमवार टीभीमा सम्बोधन गर्दै भने । राजधानी मनिलामा विभिन्न खोप केन्द्रमा एकदमै कम मानिस आएको खबर सार्वजनिक भएपछि डुटेर्टेको चेतावनी आएको हो । 

    त्यसो त फिलिपिन्सका स्वास्थ्य अधिकारीहरूले मानिसलाई कोभिड–१९ को खोप लगाउन आग्रह गरिएको तर यो ऐच्छिक भएको बताएका छन् । 

    ‘मलाई गलत नबुझ्नुहोला, देशमा संकटको स्थिति छ,’ डुटेर्टेले बताए । ‘सरकारको कुरा नसुन्ने जनता देखेर म आजित छु ।’ एजेन्सी

     

    प्रकाशित मिति :आषाढ ८ २०७८ मंगलवार - १२:२०:०९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij