Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

देउवानिकट केन्द्रीय सदस्यहरूको निष्कर्ष : १३औं महाधिवेशन भन्दा सभापतिमा लड्न समय अहिले सहज छ

देउवानिकट केन्द्रीय सदस्यहरूको निष्कर्ष : १३औं महाधिवेशन भन्दा सभापतिमा लड्न समय अहिले सहज छ


  • 6.0K
    Shares

    देउवानिकट केन्द्रीय सदस्यहरूको निष्कर्ष : १३औं महाधिवेशन भन्दा सभापतिमा लड्न समय अहिले सहज छ

    काठमाडौं । गत महाधिवेशनमा भन्दा १४औं महाधिवेशनमा कांग्रेस सभापित शेरबहादुर देउवालाई सभापति बन्न सहज हुने सुझाव केन्द्रीय सदस्यहरूले देउवालाई दिएका छन्।

    छलफलका क्रममा १३औं भन्दा अबको महाधिवेशन देउवाका लागि अनुकूल रहेको निष्कर्ष निकालिएको थियो। देउवानिकट नेता वीरबहादुर बलायरले भने, ‘१३औं महाधिवेशनभन्दा सभापतिमा लड्न अहिले कम्फर्टेबल छ। छलफलमा सहभागीको सबैको भनाइ पनि त्यही थियो।’

    सभापतिको कार्यकालको अन्त्यतिर समय थप अनुकूल बन्दै गएको सहभागी नेताहरूको बुझाई थियो। ‘केही मिहिनेत त गर्नुपर्छ। सभापतिमा देउवाले नै जित्नुहुन्छ’, बलायरले भने। सभापतिमा देउवा दोहोरिनुपर्ने समयको आवश्यकता समेत रहेको सहभागी नेताहरूले बताएका थिए।

    लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका आफूनिकट केन्द्रीय सदस्यको सल्लाह लिनका लागि देउवाले उनीहरूलाई आमन्त्रण गरेका थिए। बिहान ९ बजेदेखि भएको छलफलमा काठमाडौंमा उपलब्ध केन्द्रीय नेताहरू सहभागी भएको बलायरले जानकारी दिए। उपसभापति विमलेन्द्र निधि ससभापितमा उठ्ने बताउँदै देउवाले उम्मेदवार बन्नु अधिकारको कुरा रहेको नेताहरूलाई सुनाएका थिए। 

    प्रदेशगत रूपमा शनिबारदेखि देउवाले आफूनिकट केन्द्रीय सदस्यलाई निवासमा डाकेका छन्। महाधिवेशनमा पुनः सभापतिको प्रत्यासी बन्ने निश्चित गरेका उनले केन्द्रीय नेतासँग राय लिएका छन्।

    प्रकाशित मिति :आषाढ ७ २०७८ सोमवार - १५:२८:१९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij