Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

राजेन्द्र महतोलाई ठूलो झड्का : सिंहदरबार प्रवेशमा रोक, देशैभरि प्रतिबन्ध लगाउने तयारी

राजेन्द्र महतोलाई ठूलो झड्का : सिंहदरबार प्रवेशमा रोक, देशैभरि प्रतिबन्ध लगाउने तयारी


  • 12.3K
    Shares

    राजेन्द्र महतोलाई ठूलो झड्का : सिंहदरबार प्रवेशमा रोक, देशैभरि प्रतिबन्ध लगाउने तयारी

    काठमाडौँ । उपप्रधान एवं सहरी विकास मन्त्रीसमेत रहेका जनता समाजवादी पार्टीका वरिष्ठ नेता राजेन्द्र महतोलाई झड्का लागेको छ । महतोलाई सिंहदरबार प्रवेश निषेध गर्न माग गर्दै नयाँ पार्टी, नेपालले आज सिंहदरबारको दक्षिण गेटको झ्यालमा एक सूचना टाँसेको छ ।

    भारत स्थायी ठेगाना भएका राजेन्द्र सुडी महतोलाई नयाँ पार्टी ,नेपालले तोकिएको ७ दिने अवधिभित्र आफू नेपाली नागरिक हुँ भन्ने प्रमाण सार्वजनिक नगरेको भन्दै सिंहदरवारभित्र प्रवेश निषेध गर्न सूचना टाँसेको छ।

    ‘अब देशैभरि प्रवेश निषेध गर्ने र उप प्रधान एवं सहरी विकास मन्त्रीको हैसियतमा हुने जुनसुकै कार्यक्रम पनि बहिष्कार गर्दै महतोलाई जहाँ भेट्यो त्यहीँ भौतिक कारबाही गर्न आम नेपाली नागरिकहरुलाई अपिल गर्न चाहन्छौँ ।’ पार्टीका वरिष्ठ उपाध्यक्ष एवं प्रवक्ता युवराज सफलले भने।

    x201792428_4203011676484950_3041138373255903666_n.jpg.pagespeed.ic.NFT_YtI3Yb.webp

    x203865263_4203011736484944_2877357953752727510_n.jpg.pagespeed.ic.5UMHcss-dU.webp

    ‘नया पार्टी , नेपाल ले जसपा नेता उपप्रधान एबम शहरी बिकास मन्त्री राजेन्द्र महतो सुडी लाई १ हप्ता भित्र आफु नेपाली नागरिक भएको कुरा प्रमाण द्वारा पुष्टी गरी सार्बजनिक गर्न माग गरेका थियौ ! राजेन्द्र महतो को निजी सचिब लाई हिजो भेट्दा पुष्टी गर्ने आधार छैन जे गर्नु छ गर्नु भन्यो । निर्बाचन आयोगमा राजेन्द्र महतोले २०५६ साल सर्लाही २ बाट २०७० साल सर्लाही ४ बाट र २०७४ साल धनुषा ३ न छेत्र बाट उमेदबारी दिदा पेश गरेको नागरिक्ता नक्कलि भएको ले छानबिन का लागी माग गरेको छाया कपी माथी को आदेशले दिन नमिल्ने र आफु लाई अफ्ठेरो पर्ने जानकारी हिजै निबाचन सचिब सुरेश अधिकारी ले भन्नु भयो । २०६८ साल फाल्गुन १ र २९ गते को गृह र अख्खितियार को छानबिन का लागी सर्लाही जिल्ला प्रशासन मा पठाएको पत्र को जवाफ मा सर्लाही जि.प्र.का. ले उहा को नागरिक्ता मन्त्री पद मा भएकोले छनबिन गर्न गाह्रो हुने र २०६२ / १२/ २३ गते माउबादी ले आगो लगाउद प्रमाण नष्ट भएको झुट्टा बेहोरा लेखी जवाफ फर्काउदा ! २०७५ साल मा सन्चार तथा सुचना मन्त्री ले मन्त्रालय बाट नै राजेन्द्र महतो लागाएत ८ जना बिदेशी ईन्डियान नागरिक पुष्टी गरी ति निहरुको नागरिक्ता खारेज गरेको सुचना सार्बजनिक हुँदा पनि गृह र अखितियार र निर्बाचन आयोग ले समेत बिदेशी नागरिक पुष्टी गरेको अवस्था मा हाल आएर खडग ओलि ले ति नै बिदेशी नागरिक राजेन्द्र सुडी महतो लाई मन्त्रालय को जिम्मेबारी दिएकोले ! नया पार्टी नेपाल ले उक्त बिदेशी नागरिक लाई सिङ्घदर्बार मा प्रबेश निषेध गरेको सुचना सिङ्घदरवार गेट मा टासी ताला बन्दी गरेको जानकारी गराउदै अब देशै भरि बाट निषेध तथा ससक्त प्रतिकार गरी कडा सङ्घ्रर्ष का कार्यक्रम गरिने जानकारी गराउन चाहान्छौ !!! ‘पार्टीले भनेको छ ।

     

    प्रकाशित मिति :आषाढ ७ २०७८ सोमवार - १४:२७:४३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij