Logo

२०८३ मंसिर ४ गते शुक्रवार

२०८३ मंसिर ४ गते शुक्रवार

पाँच जिल्लामा छुट्टाछुट्टै सवारी दुर्घटना, पाँच जनाको मृत्यु, १५ घाइते

पाँच जिल्लामा छुट्टाछुट्टै सवारी दुर्घटना, पाँच जनाको मृत्यु, १५ घाइते


  • 393
    Shares

    • images
    पाँच जिल्लामा छुट्टाछुट्टै सवारी दुर्घटना, पाँच जनाको मृत्यु, १५ घाइते

    काठमाडौं । देशका पाँच जिल्लामा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी पाँच जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन्।

    बिहीबार दिउँसोदेखि रातिसम्म महोत्तरी, चितवन, बाँके, अर्घाखाँची र धादिङमा भएका दुर्घटनामा पाँच जनाले ज्यान गुमाएका हुन्।

    महोत्तरीको भंगाहा नगरपालिका–२ सिंग्याही बजारमा मोटरसाइकल दुर्घटना हुँदा २२ वर्षीय कृष्ण महराको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल जनकपुरमा उपचारका क्रममा मृत्यु भएको हो। मोटरसाइकलमा सवार अर्का एक जना घाइते भएका छन्।

    त्यस्तै, चितवनको राप्ती नगरपालिका–१ महादेवटारमा रोकिराखेको ट्रकमा मोटरसाइकल ठोक्किँदा ३० वर्षीय अतिज श्रेष्ठको मृत्यु भएको छ। दुर्घटनामा मोटरसाइकलमा सवार अन्य दुई जना घाइते भएका छन्।

    बाँकेको कोहलपुर नगरपालिका–१ कौशिलानगर चोकमा ट्याक्टरले अटोलाई ठक्कर दिँदा ४३ वर्षीय भीमबहादुर कामीको मृत्यु भएको छ। दुर्घटनामा अटोमा सवार अर्का एक जना घाइते भएका छन्।

    अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–१ स्यालेमा ट्याक्टर र मोटरसाइकल एकआपसमा ठोक्किँदा ४८ वर्षीय मुकुन्द चुदालीको ज्यान गएको छ।

    यस्तै, धादिङको रुबीभ्याली गाउँपालिका–४ कलदाङमा बोलेरो गाडी दुर्घटना हुँदा ६६ वर्षीया छेनेन तामाङको घटनास्थलमै मृत्यु भएको छ। दुर्घटनामा चालकसहित अन्य नौ जना घाइते भएका छन्। उनीहरूमध्ये केहीलाई थप उपचारका लागि काठमाडौं र धादिङ पठाइएको छ।

    पाँचवटै दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।

     

     

    प्रकाशित मिति :मंसिर ४ २०८३ शुक्रवार - १४:२९:२३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij