२०८२ कार्तिक १९ गते बुधवार
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष महन्थ ठाकुर पक्षले लुम्बिनीका २ जना सांसदलाई २४ घण्टे स्पष्टीकरण सोधेको छ ।
लुम्बिनी सरकारले ल्याएको नीति तथा कार्यक्रमको पक्षमा मतदान गर्न जसपाको ठाकुर पक्षले निर्देशन दिएको थियो । तर, अर्का अध्यक्ष उपेन्द्र यादव पक्षका सांसद सहशराम यादव र पुर्मती ढेंगाले मत दिएका थिएनन् ।
पार्टी निर्देशन उल्लंघन गरेको भन्दै यसअघि पाँच दिने स्पष्टीकरण सोधेको थियो । त्यसको जवाफ नदिएपछि २४ घण्टे स्पष्टीकरण सोधिएको उद्योग, वन तथा वातावरणमन्त्री समेत रहेकी जसपा नेत्री कल्पना पाण्डेले बताइन् ।
लुम्बिनी प्रदेशमा जसपाका ६ सांसद छन् । जसमध्ये चार जना पाण्डेसहित सन्तोषकुमार पाण्डे, विजयबहादुर यादव र सुमन शर्मा रायमाझी मन्त्री छन् । उनीहरू अध्यक्ष ठाकुर पक्षका हुन् । अध्यक्ष ठाकुर पक्ष संघीय सरकारमा पनि सहभागी छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij