Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

काँग्रेस सांसद मिश्रको सर्वोच्चप्रति व्यङ्ग्यः ‘शीतकालको कोईली झैँ मौन भएर बसेको छ’

काँग्रेस सांसद मिश्रको सर्वोच्चप्रति व्यङ्ग्यः ‘शीतकालको कोईली झैँ मौन भएर बसेको छ’


  • 1.4K
    Shares

    • images
    काँग्रेस सांसद मिश्रको सर्वोच्चप्रति व्यङ्ग्यः ‘शीतकालको कोईली झैँ मौन भएर बसेको छ’

    काठमाडौं । नेपाली काँग्रेसका सांसद नारायणदत्त मिश्रले जेनजी आन्दोलनपछिको सरकार गठन र प्रतिनिधिसभा विघटनमा सर्वोच्च अदालतको मौनताप्रति आलोचना गरेका छन् । मंगलवार बसेको राष्ट्रिय सभाको विशेष समयमा बोल्दै उनले अदालत ‘शीतकालीन कोइली’ जस्तै मौन बसेको टिप्पणी गरेका हुन्।

    हाल देशमा संविधान छ कि छैन भन्ने अन्यौल नै रहेको उनले बताएका छन् । उनले प्रधानमन्त्री र मन्त्रीहरू भएपनि उनीहरुलाई संविधानले पहिचान गर्न नसकेको उल्लेख गरेका छन् । सांसद मिश्रले संविधानको व्याख्या र स्पष्टता दिने जिम्मेवारी सर्वोच्च अदालत मौन बसेको उल्लेख गर्दै अदालतको न्यायिक सक्रियतामाथि प्रश्न उठाएका छन् । 

    उनले जेनजी आन्दोलनका सकारात्मक र नकारात्मक दुवै पक्ष रहेको उल्लेख गर्दै जातीयता र क्षेत्रीयताको आधारमा राजनीति गर्ने प्रवृत्तिलाई अन्त्य गरी युवाहरूमा कर्तव्यवोध बढेको देखिएको उनले बताएका छन्। तर आन्दोलनका क्रममा तोडफोड र आगजानीलाई वैधानिक र वैचारिक संघर्षको विकल्पका रूपमा स्थापित गर्ने गलत परम्पराको विकास हुनसक्नेप्रति उनले चिन्ता व्यक्त गरेका छन् । 

     

    प्रकाशित मिति :माघ १३ २०८२ मंगलवार - १४:५७:०६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij