Logo

२०८२ भाद्र २५ गते बुधवार

२०८२ भाद्र २५ गते बुधवार

१५ वर्षीया बालिकामाथि सामूहिक बलात्कार, ३ जना पक्राउ

१५ वर्षीया बालिकामाथि सामूहिक बलात्कार, ३ जना पक्राउ


  • 8.8K
    Shares

    १५ वर्षीया बालिकामाथि सामूहिक बलात्कार, ३ जना पक्राउ
    images

    भारतमा १५ वर्षीया बालिकामाथि सामूहिक बलात्कार भएको छ । ५ जनाको समूहमा आएका पुरुषहरुले उनको बलात्कार गरेका हुन् ।

    परिवार र पिडित बालिकाले प्रहरीमा उजुरी दिएपछि प्रहरीले ३ जनालाई पक्राउ गरेको छ भने २ जना अझै फरार रहेका छन् ।घटना भएको दिन ती बालिका आफ्नो घरमा सुतिरहेकी थिइन् । उनको बाबु ड्राइभर भएकाले काममा गएका थिए । घरमा भएका अन्य सदस्यहरु पनि आफन्तको विवाहमा गएका थिए ।

    घरमा भाइ र उनी सुतिरहेकी थिए । भाइका अनुसार ५ जना घरमा एका एक आएका थिए । घरमा पसेपछि उनीहरुले उनलाईसमेत कुटपिट गरेका थिए र बालिकालाई खेतमा लिएर गएका थिए ।

    ती आरोपितहरुले बालीकालाई घटना बारे कसैलाई भने परिवारलाई मार्ने धम्की दिएका थिए । फरार २ जनाको खोजी गरिरहेको भारतीय प्रहरीले बताएको छ ।  पक्राउ परेकाहरुसँग पनि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    प्रकाशित मिति :आषाढ ७ २०७८ सोमवार - ११:४१:२६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij