२०८२ कार्तिक १९ गते बुधवार
काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफू निकटका प्रदेशका नेताहरूसँग छलफल तीव्र पारेका छन् ।
भदौमा हुने महाधिवेशनमा फेरि सभापति उठ्ने तयारी गरेका देउवाले नेता तथा केन्द्रीय सदस्यहरुसँगको छललफलाई तीव्र पारेका हुन् ।
यहीक्रममा आज लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केन्द्रीय सदस्यहरूसँग छलफल गर्दैछन् । उनले बुढानिलकण्ठमा बिहान ९ बजे केन्द्रीय सदस्यहरूलाई छलफलमा आउन भनेका छन् ।
आइतबार देउवाले बागमती र गण्डकी प्रदेशका आफूनिकट केन्द्रीय सदस्यसँग कुराकानी गरेका थिए भने शनिबार प्रदेश नम्बर १ र २ का केन्द्रीय सदस्यसँग कुराकानी गरेका थिए ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij