Logo

२०८३ कार्तिक ३० गते सोमवार

२०८३ कार्तिक ३० गते सोमवार

पूजा सामग्री कुर्न बसेका यादवको शंकास्पद मृ*त्यु

पूजा सामग्री कुर्न बसेका यादवको शंकास्पद मृ*त्यु


  • 274
    Shares

    • images
    पूजा सामग्री कुर्न बसेका यादवको शंकास्पद मृ*त्यु

    जनकपुरधाम । धनुषामा छटघाट कुरेर बसेका एक वृद्ध शंकास्पद अवस्थामा मृत फेला परेका छन् ।

    गए राति छटघाट कुरेर बसेका शहीदनगर नगरपालिका-२ निवासी मनेजर भन्ने ६० वर्षीय रामजतन यादव छटघाटमा मृत फेला परेका हुन् ।

    धनुषाका प्रहरी प्रवक्ता डीएसपी ओमप्रकाश खनालका अनुसार मतौना गाउँदेखि पूर्वतर्फ निर्माण भएको शिव मन्दिरको प्राङ्गणस्थित छठघाटमा राति एक्लै पूजा सामग्री कुरेर बसेका उनको शंकास्पद मृत्यु भएको छ ।

    यादवको गालामा चोटको निशान र रगत देखिएको उनले बताए । प्रहरी घटनास्थल पुगेर अनुसन्धान गरिरहेको डीएसपी खनालको भनाइ छ।

    प्रकाशित मिति :कार्तिक ३० २०८३ सोमवार - ०९:००:५५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij