Logo

२०८३ कार्तिक २६ गते बिहिवार

२०८३ कार्तिक २६ गते बिहिवार

भीमफेदीमा यात्रुवाहक इभी गाडी सडकबाट ५ सय मिटर तल खस्यो, उद्धार जारी

भीमफेदीमा यात्रुवाहक इभी गाडी सडकबाट ५ सय मिटर तल खस्यो, उद्धार जारी


  • 351
    Shares

    भीमफेदीमा यात्रुवाहक इभी गाडी सडकबाट ५ सय मिटर तल खस्यो, उद्धार जारी
    images

    मकवानपुर । मकवानपुरको भीमफेदीमा यात्रुवाहक विद्युतीय (इभी) गाडी दुर्घटना भएको छ। 

    भीमफेदी गाउँपालिका–६, चिसापानी गढीस्थित भीमफेदी–कुलेखानी–काठमाडौँ सडकखण्डमा बिहीबार बिहान दुर्घटना भएको हो।

    जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार बिहान करिब ५:४५ बजे काठमाडौँबाट सर्लाहीतर्फ जाँदै गरेको उक्त यात्रुवाहक गाडी सडकबाट करिब ५ सय मिटर तल खसेको छ।

    दुर्घटनाग्रस्त गाडीमा चालकसहित १३ देखि १४ जना यात्रु सवार रहेको खुलेको छ। घटनालगत्तै नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाको संयुक्त टोली परिचालन गरी उद्धार कार्य भइरहेको छ। दुर्घटनामा मानवीय क्षति भए–नभएको यकिन विवरण आउन बाँकी छ।

    प्रकाशित मिति :कार्तिक २६ २०८३ बिहिवार - ०८:०२:२१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij