२०८२ भाद्र २५ गते बुधवार
भारतमा १९ वर्षीय युवकले आफ्नै परिवारका ४ जनाको हत्या गरेका छन् । पश्चिम बंगालको मालदा इलाकामा आरिफ नामका पुरुषले आफ्नै आमा,बाबु, हजुरआमा र बहिनीको हत्या गरेका हुन् ।
भारतीय प्रहरीका अनुसार हत्या भएको ४ महिनापछि मात्रै घटना बाहिर आएको हो ।
के भएको थियो ?
प्रहरीले आरिफसँग लिएको बयानका अनुसार : फेब्रुअरी २०२१मा आसिफले आफ्नो पुरै परिवारलाई नशालु पदार्थ खान दिएका थिए । नशालु पदार्थ सेवन पछि उनले पालै पालो आमा,बाबु, हजुरआमा र बहिनिको हत्या गरेको बताएका छन् ।
आसिफले ४ जनाकै शव घर नजिकैको गोदाममा लगेर गाडेका थिए ।
यसरी खुल्यो पोल :
घटना भएकै दिन आसिफ भने बाँच्न सफल भएका थिए । सबै जना बेहोस भएको देखेपछि उनले खमने कुरा खाएको जस्तो मात्रै गरेर शौचालय जाने बाहानामा त्यहाबाट भागेका थिए ।
आसिफका दाईले भाइले आफूलाई पनि मार्छ भन्ने डरले ४ महिनापछि मात्रै प्रहरीलाई घटनाबारे बताएका थिए ।
उनको उजुरी पछि प्रहरीले घटनाबारे अनुसन्धान शुरु गरेको थियो । प्रहरीले आसिफलाई प्रकाउ गरेर अनुसन्धान गर्दा उनले हत्या गरेको बताएका छन् । प्रहरीले आसिफले शव गाडेको ठाँउबाट शव पनि बरामद गरेको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij