Logo

२०८३ कार्तिक २० गते शुक्रवार

२०८३ कार्तिक २० गते शुक्रवार

पूर्वाधार विकासमा सरकार आफैँ ‘ड्राइभिङ सिट’ माः अर्थमन्त्री वाग्ले

पूर्वाधार विकासमा सरकार आफैँ ‘ड्राइभिङ सिट’ माः अर्थमन्त्री वाग्ले


  • 414
    Shares

    पूर्वाधार विकासमा सरकार आफैँ ‘ड्राइभिङ सिट’ माः अर्थमन्त्री वाग्ले
    images

    काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले पूर्वाधार विकास र आर्थिक सुधारको अभियानमा सरकारले निजी क्षेत्रसँगै नेतृत्वदायी भुमिका लिने बताएका छन् ।

    बिहीवार काठमाडौंमा आयोजित इन्फ्रास्ट्रक्चर समिट, २०२६ लाई सम्बोधन गर्दै उनले यसपटकको सम्मेलन विगतका संस्करणभन्दा फरक रहेको उल्लेख गर्दै सरकार आफैँ ‘ड्राइभिङ सिट’ मा बसेर पूर्वाधार विकासको अभियान अघि बढाउन लागेको बताएका हुन् । उनले यसअघि नेपाल उद्योग परिसंघको नेतृत्वमा हुँदै आएको नेपाल पूर्वाधार सम्मेलनमा यसपटक सरकार मूल सहआयोजकका रूपमा सहभागी भएको बताएका छन्। 

    पूर्वाधार विकासमा सरकारी बजेट मात्रै पर्याप्त नहुने भएकाले निजी क्षेत्रको पुँजी परिचालन गर्नुपर्ने उनको भनाइ छ । वाग्लेले सरकारको २१ खर्ब रुपैयाँको बजेटले मात्रै मुलुकको ठूलो पूर्वाधार विकासको आकाङ्क्क्षा पूरा गर्न नसक्ने बताएका छन् । अर्थतन्त्रको आकार र सम्भावनाअनुसार निजी क्षेत्रको लगानीसमेत परिचालन गर्नसके मात्रै अपेक्षित विकास सम्भव हुने उनले उल्लेख गरेका छन् ।

     

    प्रकाशित मिति :कार्तिक १९ २०८३ बिहिवार - १५:४५:०१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij