२०८२ भाद्र २ गते सोमवार
काठमाडौं । नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले आफूनिकट केन्द्रीय सदस्यहरूसँग छलफल गरिरहेका छन् । आज बागमतीका केन्द्रीय सदस्यहरूसँग बूढानीलकण्ठमा छलफल गरिरहेका हुन् ।
भदौमा हुने पार्टीको १४औं महाधिवेशन तयारीका लागि देउवाले छलफलाई तीव्रता दिएका छन् । शनिबार उनले प्रदेश १ र २ का केन्द्रीय सदस्यहरूसँग छलफल गरेका थिए । देउवाले पुनः सभापतिमा उठ्ने तयारी गरहेका छन् । उनले आफूलाई सहयोग गर्न आग्रह गरेका छन् ।
यस्तै आजै गण्डकी प्रदेशका केन्द्रीय सदस्यसँग पनि देउवाले छलफल गर्दैछन् । दिउँसो ३ बजे छलफल हुने देउवा निकट एक नेताले बताए । कांग्रेसले भदौ १६–१९ गते काठमाडौंमा महाधिवेशन गर्ने निर्णय गरेसँगै सभापति देउवाको सक्रियता बढेको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij