Logo

२०८३ कार्तिक १३ गते शुक्रवार

२०८३ कार्तिक १३ गते शुक्रवार

देउवाको समूहले १५औं महाधिवेशन खुलामञ्चमा गर्ने

देउवाको समूहले १५औं महाधिवेशन खुलामञ्चमा गर्ने


  • 386
    Shares

    देउवाको समूहले १५औं महाधिवेशन खुलामञ्चमा गर्ने
    images

    काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाको समूहले १५औं महाधिवेशन खुलामञ्चमा गर्ने भएको छ ।

    देउवा समूहले २१–२३ मंसिरका लागि निर्धारण गरेको महाधिवेशन खुलामञ्चमा गर्ने भएको हो ।

    देउवा समूहले गठन गरेको केन्द्रीय निर्वाचन समितिका सदस्य सचिव अमृत कार्कीले महाधिवेशनका लागि खुलामञ्च बुक भइसकेको जानकारी दिए ।

    उनका अनुसार महाधिवेशनका लागि देउवा समूहले खुलामञ्चसँगै राष्ट्रियसभा गृह र भृकुटीमण्डप पनि बुक गरेको छ । निर्वाचन समितिका अनुसार महाधिवेशनको उद्घाटन, बन्दसत्र र केन्द्रीय सदस्यहरूको मतदान खुलामञ्चमा गरिने छ । यस्तै राष्ट्रियसभामा पदाधिकारी चयनका लागि मतदान हुने छ ।

    भृकुटीमण्डप महाधिवेशन प्रतिनिधिहरूलाई खानाको ब्यवस्थाका लागि बुक गरिएको सदस्य सचिव कार्कीले जानकारी दिए ।

    १५ असोजबाट वडा अधिवेशन सुरु गरेको देउवा समूहले १५ कात्तिकमा जिल्ला अधिवेशन तोकेको छ ।

    प्रकाशित मिति :कार्तिक १३ २०८३ शुक्रवार - १५:३५:५९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij