Logo

२०८३ कार्तिक ११ गते बुधवार

२०८३ कार्तिक ११ गते बुधवार

रास्वपाको उम्मेदवार क्लबः पालिका प्रमुखमा आवेदनको लर्को, वडा अध्यक्ष र सदस्यमा देखाएन चासो

रास्वपाको उम्मेदवार क्लबः पालिका प्रमुखमा आवेदनको लर्को, वडा अध्यक्ष र सदस्यमा देखाएन चासो


  • 379
    Shares

    रास्वपाको उम्मेदवार क्लबः पालिका प्रमुखमा आवेदनको लर्को, वडा अध्यक्ष र सदस्यमा देखाएन चासो
    images

    काठमाडौं । रास्वपाले स्थानीय तहका जनप्रतिनिधि बन्न इच्छुक व्यक्तिका लागि खुला गरेको आवेदनमा मुख्य गरी प्रमुख पदमा आर्कषण देखिएको छ ।

    रास्वपाले १ भदौदेखि गाउँपालिका र २९ असोजदेखि नगरपालिकाका उम्मेदवार हुन इच्छुकका लागि आवेदन खुला गरेको थियो । गाउँपालिका अध्यक्ष, उपाध्यक्ष नगरपालिका प्रमुख र उपप्रमुख, वडाध्यक्ष १, वडा सदस्य खुला २, महिला वडा सदस्य १ र दलित महिला वडा सदस्य १ का लागि आकांक्षीहरूलाई आवेदन पेस गर्न आह्वान गरिएको छ ।

    सात पदमध्ये कार्यकर्ताको प्राथमिकतामा पालिका प्रमुख र अध्यक्ष पद परेको छ । प्राप्त आवेदनका आधारमा पदीय भूमिकाअनुसार कार्यकर्ताले कम प्राथमिकतामा राखेर अन्य पदहरू उपप्रमुख, उपाध्यक्ष, वडाध्यक्षमा आवेदन दिएका छन् । नेताहरूका अनुसार वडा सदस्यदमा कार्यकर्ताको रुचि देखिएको छैन । रास्वपा नेताहरूका अनुसार पालिका प्रमुख-उपप्रमुख, अध्यक्ष-उपाध्यक्षको तुलनामा वडाध्यक्ष र सदस्यका आकांक्षीको आवेदन कम परेको छ ।

    रास्वपा महामन्त्री विपिन आचार्यले स्थानीय तहको जनप्रतिनिधि हुन इच्छुकका लागि उत्साहजनक आवेदन परेको बताए । उनका अनुसार कतिपय पालिकामा सदस्यको उम्मेदवार हुन आवश्यकताभन्दा कम आवेदन परेको छ ।

    उम्मेदवार छनोट समितिको बिहीबार बस्ने बैठकले आवेदनको समयसीमा लगायतमा थप निर्णय लिने महामन्त्री आचार्यले जानकारी दिए । सात पदमध्ये कार्यकर्ताको प्राथमिकतामा पालिका प्रमुख र अध्यक्ष पद परेको छ । प्राप्त आवेदनका आधारमा पदीय भूमिकाअनुसार कार्यकर्ताले कम प्राथमिकतामा राखेर अन्य पदहरू उपप्रमुख, उपाध्यक्ष, वडाध्यक्षमा आवेदन दिएका छन् ।

    रास्वपाले हालसम्म गाउँपालिका र नगरपालिकामा उम्मेदवारका आकांक्षीलाई आवेदन खुला गरे पनि उपमहानगर र महानगरका लागि भने आवेदन माग गरिएको छैन ।

    हालसम्म ४६० गाउँपालिका र २७६ नगरपालिकाको जनप्रतिनिधि हुन इच्छा राख्नेहरूका लागि आवेदन खुला गरिएको छ ।

    गण्डकीका रास्वपा सभापति नवीन त्रिपाठीको भनाइ पनि महामन्त्री आचार्य र प्रवक्ता खरेलको जस्तै छ । गण्डकीका ११ जिल्लामध्ये मनाङ र मुस्ताङका गाउँपालिकामा जनप्रतिनिधि हुनका लागि हालसम्म आवेदन नपरेको उनले बताए ।

    त्रिपाठीका अनुसार गण्डकीका ५८ गाउँपालिकामा हालसम्म २०६ जनाले अध्यक्ष पदका लागि उम्मेदवार हुनका लागि आवेदन दिएका छन् । स्थानीय सरकारको नेतृत्व गर्ने अध्यक्ष पदमा आवेदन दिनेहरूको होड रहे पनि अन्य पदलाई पार्टी सदस्यले कम प्राथमिकता दिएको उनले सुनाए ।

    पहिलो पटक स्थानीय चुनावमा प्रतिस्पर्धा गर्न लागेको रास्वपाले उम्मेदवार छनोटका लागि विधि बनाएको छ । महामन्त्री आचार्यको नेतृत्वमा बनेको समितिले निर्वाचन प्रणाली र उम्मेदवार छनोटको आधारभूत प्रारूप तयार गरेको छ ।

    पार्टीको तल्लो तहबाट नै लोकतान्त्रिक, सहभागितामूलक र प्रतिस्पर्धात्मक अभ्यासलाई बलियो बनाउने उद्देश्यले उम्मेदवार छनोटमा नयाँ विधि बनाइएको रास्वपाले जनाएको छ । संघीय संसद्‌मा उम्मेदवार बनेर पराजित भएका एवं समानुपातिकको बन्द सूचीमा रहेकालाई स्थानीय तहको उम्मेदवार हुन नपाउने व्यवस्था गरिएको छ ।

    रास्वपाबाट स्थानीय तहको चुनावमा उम्मेदवार हुनका लागि सदस्यताको मापदण्ड पनि तोकिएको छ । विगतमा अन्य दलको सदस्य नरहेको र पहिलो पटक रास्वपाको सदस्यता लिएको ४५ दिन पुगेको व्यक्तिले उम्मेदवार हुन आवेदन दिन सक्ने छन् । अन्य राजनीतिक दल परित्याग गरेकाहरूको हकमा सदस्यता प्राप्त गरेको ९० दिन पूरा गरेपछि मात्रै आवेदन दिन सकिने व्यवस्था गरिएको छ ।

    प्रकाशित मिति :कार्तिक ११ २०८३ बुधवार - २०:२३:५१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij