Logo

२०८३ आश्विन २५ गते आइतवार

२०८३ आश्विन २५ गते आइतवार

पृथ्वी राजमार्ग दुईतर्फी सञ्चालनमा

पृथ्वी राजमार्ग दुईतर्फी सञ्चालनमा


  • 190
    Shares

    पृथ्वी राजमार्ग दुईतर्फी सञ्चालनमा
    images

    काठमाडौं । नदीले सडक कटान गर्दा गलौँदीमा भासिएर अवरुद्ध पृथ्वी राजमार्ग आइतबार अपराह्नदेखि दुईतर्फी सञ्चालनमा आएको छ। 

    धादिङको गजुरी गाउँपालिका ५ गलौदीमा सडक भासिएपछि दशैँमा घर हिँडेकाहरु र यो राजमार्ग हुँदै जानेहरु जान पाएका थिएनन्। 

    नेपाल प्रहरीका अनुसार आइतबार दिउँसो ३ः१० देखि सडक दुईतर्फी सञ्चालनमा आएको हो। भासिएको ठाउँमा माथि कटान गरेर सडक सञ्चालनमा ल्याइएको हो। 

    शुक्रबार साँझ सडकको करिब सय मिटर भाग चर्किनुका साथै २० मिटर खण्ड भासिएको थियो। सडक भासिएपछि राजमार्गमा सवारी साधन सञ्चालन रोकिएकामा अब सवारीसाधन दुईतर्फी रुपमै चल्नथालेका छन्। 

    प्रकाशित मिति :आश्विन २५ २०८३ आइतवार - १७:०७:२० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij