२०८३ आश्विन २५ गते आइतवार
काठमाडौं । नेपालीहरूको महान् पर्व बडादशैं आजदेखि सुरु भएको छ। दशैंको पहिलो दिन घटस्थापनाको अवसरमा आज हनुमानढोकास्थित दशैंघरमा विधिपूर्वक जमरा राखिएको छ।
घटस्थापनाका दिन वैदिक विधिअनुसार पूजा गरी जौ, मकै, गहुँलगायत अन्न छरेर जमरा राख्ने परम्परा छ। नौ दिनसम्म दुर्गा भवानीको पूजा–आराधना गरिने भएकाले यस दिनलाई बडादशैंको सुरुवातका रूपमा लिइन्छ।
हनुमानढोकास्थित दशैंघरमा राखिएको जमरा विजयादशमीका दिन टीकासँगै प्रसादका रूपमा ग्रहण गर्ने परम्परा छ। बडादशैंमा घटस्थापनादेखि नवदुर्गाको पूजा गरी विजयादशमीका दिन मान्यजनबाट टीका र जमरा लगाएर आशीर्वाद लिने गरिन्छ।


© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij