२०८३ आश्विन २३ गते शुक्रवार
काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) कोषाध्यक्ष रविन्द्र जोशी र लेखा अधिकृत सञ्जीव पाण्डेलाई धरौटीमा छोड्न ललितपुर जिल्ला अदालतले आदेश दिएको छ।
जिल्ला न्यायाधीश भगवती शर्मा ढुंगानाको इजलासले कोषाध्यक्ष जोशीलाई १५ लाख र लेखा अधिकृत पाण्डेलाई १२ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको अदालतका सूचना अधिकारी टिकाध्वज कार्कीले जानकारी दिए।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij