२०८३ आश्विन २० गते मंगलवार
काठमाडौं । देशका केही स्थानमा यति बेला (मंगलबार दिउँसो ३ः१५ बजे) पानी परिरहेको छ । काठमाडौंसहितका केही जिल्लामा वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
काठमाडौंका बागबजार, त्रिपुरेश्वरलगायत स्थानमा मेघगर्जनसहित असिनापानी परेको छ । थप पानी पर्ने सम्भावना रहेको भन्दै महाशाखाले सतर्कता अपनाउन आग्रह गरेको छ ।
“अहिले काठमाडौं, काभ्रे, सिन्धुपाल्चोक, दोलखालगायत कोसी, वाग्मती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही जिल्लाहरूमा मेघगर्जन, चट्याङ, हावाहुरी र असिनासहित पानी परिरहेको र थप पानी पर्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउनुहोला,” महाशाखाले भनेको छ ।
हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीका साथै मनसुनी वायुको समेत प्रभाव रहेको महाशाखाले जनाएको छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij