२०८३ आश्विन २० गते मंगलवार
गोरखा । गोरखाका २ वटा सामुदायिक विद्यालय सामुदायिक विद्यालय ‘स्टिम ल्याब’ कार्यक्रमका लागि छनोट भएका छन् । गण्डकी प्रदेश सरकारले विज्ञान, प्रविधि, इञ्जिनियरिङ र गणित शिक्षालाई प्रयोगात्मक तथा प्रविधिमैत्री बनाउने उद्देश्यले ‘स्टिम प्रयोगशाला’ स्थापना तथा सञ्चालनका लागि अनुदान उपलब्ध गराउन विद्यालय छनौट गरेको हो ।
जस अन्र्तगत गोरखाको धार्चे गाउँपालिका–५ गुम्दास्थित सूर्योदय माध्यमिक विद्यालय र गोरखा नगरपालिका–१० छेबेटारस्थित तारा माध्यमिक विद्यालय छनौटमा परेको गण्डकी प्रदेश सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयअन्तर्गत शिक्षा विकास महाशाखाका प्रमुख घनश्याम पौडेलले जानकारी दिए ।
चालु आर्थिक बर्षमा स्विकृत कार्यक्रम अन्र्तगत महाशाखाले गण्डकी प्रदेश भित्रका ११ वटा माध्यामिक तहका सामुदायिक विद्यालयलाई ‘स्टिम ल्याब’ स्थापना र सञ्चालनका लागि अनुदान उपलब्ध गराउने गरी छनौट गरेको छ ।
प्रस्ताव पेस गरेका विद्यालयमध्येबाट सोमबार अनुदानका लागि छनोट गरिएको हो । ती विद्यालयले रु चार लाखका दरले अनुदान प्राप्त गर्ने महाशाखा प्रमुख घनश्याम पौडेलले जानकारी दिए । उहाँका अनुसार ११ विद्यालयका लागि कुल रु ४४ लाख अनुदान उपलब्ध हुनेछ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij