Logo

२०८३ आश्विन २० गते मंगलवार

२०८३ आश्विन २० गते मंगलवार

दुर्गा प्रसाईंलाई धरौटीमा छाड्न आदेश

दुर्गा प्रसाईंलाई धरौटीमा छाड्न आदेश


  • 407
    Shares

    दुर्गा प्रसाईंलाई धरौटीमा छाड्न आदेश
    images

    काठमाडौं । जिल्ला अदालत काठमाडौँले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई विद्युतीय (इलेक्ट्रोनिक) कारोबार सम्बन्धी कसुरमा धरौटीमा छाड्न आदेश दिएको छ । 

    जिल्ला न्यायाधीश उमेशप्रसाद लुइँटेलको इजलासले मंगलबार प्रसाईंसँग २ लाख धरौटी लिएर छाड्न आदेश दिएको हो ।

    प्रसाईंलाई असार १२ मा साइबर ब्युरोले पक्राउ गरेको थियो । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद रचना खतिवडाको उजुरीको आधारमा प्रहरीले उनलाई विद्युतीय अपराध ऐन सम्बन्धी कसुरमा मुद्दा दर्ता गरेको थियो ।

    प्रसाईंमाथि युट्युबमार्फत छोराको शवसँग सांसद पद साटेको भन्दै अपमानजनक टिप्पणी गरेकाे आराेप लागेकाे थियाे।

    प्रकाशित मिति :आश्विन २० २०८३ मंगलवार - १५:५२:४८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij