Logo

२०८३ आश्विन २० गते मंगलवार

२०८३ आश्विन २० गते मंगलवार

दुबईको टिभिएस आफ्टर–सेल्स सम्मेलनमा जगदम्बा मोटर्सलाई दुई अवार्ड

दुबईको टिभिएस आफ्टर–सेल्स सम्मेलनमा जगदम्बा मोटर्सलाई दुई अवार्ड


  • 106
    Shares

    दुबईको टिभिएस आफ्टर–सेल्स सम्मेलनमा जगदम्बा मोटर्सलाई दुई अवार्ड
    images

    काठमाडौं । नेपालमा टिभिएस मोटरको आधिकारिक वितरक जगदम्बा मोटर्सले दुबईमा सम्पन्न आफ्टर–सेल्स सम्मेलनमा दुई अन्तर्राष्ट्रिय अवार्ड प्राप्त गरेको जनाएको छ। कम्पनीका अनुसार सम्मेलनमा ‘ओभरअल सर्भिस बेस्ट पर्फर्मेन्स’ र ‘बेस्ट म्यानुफ्याक्चरिङ युनिट–एसिया’ अवार्ड प्रदान गरिएको हो।

    संयुक्त अरब इमिरेट्सको दुबईस्थित पाम जुमेराहको ताज रिसोर्टमा आयोजित टिभिएस मोटर कम्पनीको सम्मेलनमा विभिन्न देशका अन्तर्राष्ट्रिय वितरक सहभागी थिए। कम्पनीले उक्त मञ्चमा प्राप्त सम्मानलाई आफ्नो बिक्रीपछिको सेवा र सेवा सञ्जालको उपलब्धिका रूपमा प्रस्तुत गरेको छ।

    जगदम्बा मोटर्सका अनुसार ‘ओभरअल सर्भिस बेस्ट पर्फर्मेन्स’ सम्मानले वर्कसप, तालिमप्राप्त प्राविधिक, सक्कली स्पेयर पार्ट्सको उपलब्धता र ग्राहक सेवामा गरिएको कामको कदर गरेको छ। यसलाई नेपालमा उपलब्ध टिभिएसको सेवा स्तरप्रतिको मान्यताका रूपमा कम्पनीले व्याख्या गरेको छ।

    कम्पनीकी निर्देशक दीपा अग्रवालले सम्मान प्राप्त हुनुमा ग्राहकको विश्वास र सेवा टोलीको मेहनत महत्वपूर्ण रहेको बताइन्। उनले वर्षौंदेखि ग्राहकले देखाएको विश्वास कायम राख्न कर्मचारीहरूले गरेको कामको उपलब्धि भएको उल्लेख गरिन्।

    जगदम्बा मोटर्सले प्राविधिकको दक्षता, सक्कली पार्टपुर्जाको उपलब्धता, पारदर्शी सेवा तथा देशभरको सञ्जालमार्फत ग्राहकलाई छिटो र प्रभावकारी सेवा दिने प्रतिबद्धता जनाएको छ। प्राप्त सम्मानसँगै सेवा मापदण्ड कायम राख्ने कामलाई निरन्तरता दिने कम्पनीको भनाइ छ।

    शंकर ग्रुपअन्तर्गतको जगदम्बा मोटर्सले नेपालमा टिभिएसका दुईपाङ्ग्रे तथा तीनपाङ्ग्रे सवारीसाधन उपलब्ध गराउँदै आएको छ। कम्पनीले आफ्नो सञ्जालमार्फत सवारी बिक्रीसँगै सर्भिस र स्पेयर पार्ट्सको सुविधा पनि प्रदान गर्दै आएको जनाएको छ। आगामी दिनमा ग्राहकसँगको सम्बन्ध र बिक्रीपछिको सेवालाई थप सुदृढ बनाउने कम्पनीको लक्ष्य छ।

    प्रकाशित मिति :आश्विन २० २०८३ मंगलवार - १४:४७:३७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij